लगानीको वातावरण बनाउ

सम्पादकीय

कोरोनाले ध्वस्त भएको अर्थतन्त्र उस्कन सकेको थिएन । धेरै व्यबसायी सडकमा आए । कतिपयको त बस्ने वास समेत बचेन । कतिपयले लापरबाही गरेर काम गर्दा आफ्नो आर्थिक अवस्था बिगारेका होलान् तर धेरैले काम गर्दागर्दै नसकेर सडकमा आए । चर्काे व्याज व्यबसायीले तिर्दा सडकमा आउनु परेको कुरा सत्तामा बर्षाै बसेका नेताहरुलाई थाहा छ तर सही निकास दिन सकेनन् । पछिल्लो समय कसैले पनि नयाँ व्यबसाय गर्ने आँट गरिरहेका थिएनन् । सस्तो दरमा ऋण पाउँदासम्म पनि नागरिक व्यबसाय गर्न इच्छुक छैनन् । अघिल्लो सरकारले पनि व्यबसायीका बारेमा खासै ध्यान दिएन । ध्यान ठूला व्यबसायीका लागि दिए तर त्यो पनि किमसनका लागि । मध्यम स्तरका व्यवसायी चौपट भएको अवस्थामा सरकारले कार्यक्रम ल्याउन सकेन । यसरी अघिल्लो सरकारमा व्यवसाय गर्नेहरुको मनोबल कमजोर भएका बेला जेनजीका नाममा भएको आन्दोलनमा नीजि क्षेत्रमा ठूलो प्रहार भएको छ । यसले समग्र मुलुकमा आर्थिक कारोबार अस्तव्यस्त भएको छ । जेनजीको आन्दोलनमा नीजि क्षेत्रलाई प्रहार भएपछि नीजि क्षेत्र त्रासमा छ । यस्तो त्रासमा कसैले पनि नयाँ व्यबसाय गर्न सक्दैन । कसैले कमाएको देख्नै नहुने प्रबृत्तिले काम गरेर खानेहरुलाई त्रासमा बाच्न बाध्य बनाएको छ भने अर्काे तर्फ विगतमा नेताहरुले व्यबसायीलाई सहयोग गर्नेका नाममा राज्यको ढुकुटी लुटाउँदै आएका थिए । हरेक बर्ष विकास खर्च गर्ने क्षमतामा प्रश्न उठ्दै आएको थियो । बजेट ल्याउनेबेला यसो गर्छाै उसो गर्छाै भनियो तर यथार्थमा उही पुरानै अवस्था भोग्दै आउनुप¥यो । सरकारले काम गर्ने वातावरण बनाएन । काम गर्ने वातावरण बनाएको भए राजश्व संकलन बढ्ने थियो । नागरिक काम नगरेर चुपचाप बसेका छन् । ऋण लिएर काम गर्नुपर्ने , सकि नसकी कर तिर्नुपर्ने कुनबेला बैङ्कले व्याज बढाउने हो भन्ने चिन्ता उत्तिकै छ । ८ प्रतिशतमा लिएको ऋण १४ प्रतिशत पु¥याउने हो भने कसले व्यवसाय गर्नसक्छ ? नेपाल सरकारको नीति पनि प्रष्ट छैन । सनकका भरमा नीति बनाउछन् । व्यबसायीलाई काम गर्न सजिलो होस् भनेर नीति बनाउने होइन कसरी झार्ने र कसरी सक्ने भन्ने मनसायबाट नीति बनाउने गरिएको छ । वर्तमान सरकारले पुँजीगत खर्च गर्ने क्षमता विकास गर्न जरुरी छ । वर्तमान सरकारको आयु थोरै भएपनि राम्रो कामको सुरुवात अहिले भयो भने देशले गति लिनसक्छ । वर्तमान सरकारले केही क्षेत्रमा सुधारको संकेत देखाएको छ । खर्च गर्ने सवालमा पनि सुधारको संकेत आउनुपर्छ ।