४० औं विपी स्मृती दिवसको अवसरमा वृक्षारोपण

टीकापुर, ७ सााउन/विपी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति टीकापुरले टीकापुरको राम मन्दिरमा वृक्षारोपण कार्यक्रम गरेर ४० औं विपी स्मृती दिवस मनाएको छ ।
कार्यक्रममा पूर्व उर्जा राज्य मन्त्री चन्द्रसिंह भट्टराईले आफ्नो वुवा वितेका वेला विपीको पनि मृत्यूले देशकै वुवा वितेको महसुस गर्नुभयो । उहाँले राम मन्दिरमा एउटा रुद्राक्षको विरुवा रोपेर राम्रो कामको सुरुवात भएको बताउनुभयो ।


उहाँले रुद्राक्षको विरुवा रोपाई ले नेपाली काँग्रेसलाई विकास, उत्साहर जिम्मेवार वोध गराए को बताउनुभयो ।
कार्यक्रममा विपी विचार राष्टिय समाजका क्षेत्रीय सभापति गोरबहादुर खड्का, उप सभापति नेत्रबहादर रावलले बोल्नु भएको थियो ।