२२ औं मुक्त कमैया दिवस,कैलालीमा अझै ३४५ मुक्त कमैया पुनस्थापना हुन बा“की

टीकापुर, ३ साउन/२२ औं मुक्त कमैया दिवसका अवसरमा टीकापुरमा कार्यक्रम भएको छ । मुक्त कमैयाका हकहितका क्षेत्रमा क्रियाशिल मुक्त कमैया नगर समिति टीकापुर, मुक्त कमैया बडघर सञ्जाल लगायतका संस्थाका आयोजनामा भएको कार्यक्रममा मुक्त कमैयाका समस्या समाधानमा सरकार गम्भिर नभएको  उनीहरुको गुनासो छ ।
मुक्त कमैया बडघर सञ्जाल का केन्द्रीय अध्यक्ष रामफल थारुले कैलालीमा ९ हजार ९०८ मुक्त कमैया रहेका जानकारी दिनु भयो । जसमा ८ हजार ५ सय ४५ पुनस्थापना भएका, ३ सय ४५ पुनसर््थापना हुन बाँकी रहेका छन् ।
उहाँका अनुसार ७ सय जना मुक्त कमैयाको जग्गा खोला किनार, डुवान क्षेत्र तथा बसोबासका लागि अयोग्य ठाउँ भएकाले सट्टाभर्ना गर्नुपर्नेछ । यसका साथै ३ हजार ५ सय जना मुक्त कमैया परिचय पत्र समेत पाउनबाट बञ्चित भएका उहाँ बताउनुहुन्छ ।


थारु २२ वर्षसम्म सरकारले मुक्त कमैयाका लागि बनेको नीति १६ पटक संसोधन गरेको भए पनि नीतिले कमैयालाई झन समस्या मा पारेको बताउनु भयो । उहाँले कमैयाका माग समयमै सम्बोधन नभए आन्दोलन गर्नुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले पहिलो पटक कैलालीका ४ स्थानीय तहले मुक्ती दिवसका अवसरमा स्थानीय विदा दिएको बताउँदै कमैयाको भावनाको सम्मान गरिएको बताउनुभयो ।


मुक्त कमैया नगर समिति टीकापुरका अध्यक्ष कलविर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिका उपप्रमुख खडक बहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा राजनीतिक दलहरु का तर्फबाट नेकपा एमालेका नगर अध्यक्ष धुब्र खत्री, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा मेलमिलाप नगर सञ्जालका अध्यक्ष जंग बहादुर चौधरी, बडघर राम बहादुर चौधरी लगातयले बोल्नुभएको थियो ।
बन्धुप्रसाद चौधरीले सञ्चालन गर्नुभएको कार्यक्रम मा स्वागत लिला चौधरीले गर्नुभएको थियो ।