स्वर्गिय महतौंलाई श्रद्धाञ्जली

टीकापुर, ७ माघ/नेपाली कांग्रेसका नेता स्वर्गिय केशवलाल महतांैलाई शुक्रवार एक कार्यक्रम गरेर नेपाली कांग्रेसले श्रद्धाञ्जली प्रकट गरेको छ ।
श्रद्धाञ्जली कार्यक्रममा बोल्ने वक्ताहरुले स्वर्गिय केशबलाल महतांैले प्रजातन्त्रका लागि योगदान दिएको चर्चा गर्दै गोलौरी गाउँलाई कांग्रेसमय बनाउँन भूमिका खेलेको बताउँनुभयो । महतौंको सकृयतामा तत्कालिन मुनुवा गाबिसमा नेपाली कांग्रेसको संगठन बिस्तार भएको उहाँहरुको भनाई थियो । बाचुञ्जेल कांग्रेसको संगठन निर्माणमा भूमिका खेल्नुभएका महतौंको निधनले स्थानीय तहमा एउटा अग्रज गुमाएको कार्यक्रमका प्रमुख अतिथी सुदुरपश्चिम प्रदेश सदस्य काशिराम देबकोटाले बताउँनु भयो । उहाँले पार्टीमा योगदान दिएका परिवारलाई सम्मान गर्ने वातावरण पार्टीले बनाउँन जरुरी छ भन्नुभयो ।


क्षेत्रीय सभापति प्रकाश शाहले स्वर्गिय महतौंले पार्टीमा पु¥याएको योगदान पार्टीले सम्झिहरने बताउँनुभयो । स्वर्गिय महतौंका परिवारले पनि प्रजातन्त्रलाई बलियो बनाउँन नेपाली कांग्रेसमा सकृय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
वडासभापति डबल बहादुर बलायरको सभापतित्वमा भएको श्रद्धाञ्जली कार्यक्रममा जिल्ला सदस्य जग्गु प्रशाद चौधरी, पूर्ब जिल्ला सदस्य तिर्थराज जोशी , प्रदेश सभापति परशुराम महतौं , वडासभापति मानबहादुर कठरिया लगायतले केशबलाल महतौंको निधनले पार्टी र सिंगो समाजमा ठूलो क्षती पुगेको औल्याउनुभएको थियो । कार्यक्रममा स्वर्गिय महतौंका जेठा छोरा बाबुराम महतौंले बिचार राख्नुभएको थियो भने जीवनी र सञ्चालन उपेन्द्र महतौं ले गर्नुभएको थियो । महतौंको पुष २३ गते ७० बर्षको उमेरमा उपचारका क्रममा नेपालगञ्ज निधन भएको हो । स्वर्गिय महतौंका श्रीमती ,५ छोरा र ३ छोरी हुनुहुन्छ ।
उहाँ २०५४ सालमा मुनुवा गाबिसको अध्यक्ष पदमा निर्बाचित हुनुभएको थियो ।
अध्यक्षमा निर्बाचित भएपनि माओवादीले पटक पटक चेतावनी दिएपछि टीकापुरमा ससस्त्र प्रहरी नजिक एउटा घरमा बस्नुभएको थियो ।