माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता जारी

गणेश क्षेत्री
टीकापुर, ९ माघ/कैलालीको टीकापुर नगरपालिका वडा न ८ बटनपुरमा जारी माघि मिलन तथा खुल्ला फुटबल प्रतियोगिता तेस्रो दिन सम्पन्न भएको छ । सगरमाथा युथ क्लब बटनपुरको आयोजना तथा धनसिहपुर प्रबासि समितको सहयोगमा संचालन भएको फुटबल प्रतियोगितामा पहिलो चरणको पहिलो खेलमा एम वाइ सि मिलन चोक र भजनि गोदाम टोल बिच भएको खेलमा भजनि गोदाम टोलले दुइ गोल गरेर जित निश्चित जस्तै गरे पनि मध्यान्तर लगत्तै मिलन चोक ले १ गोल र तेसको लगत्तै भजनि गोदाम टोलले आत्मघाति गोल गरेपछि खेल २÷२ गोल भएर बराबरी भएको थियो ।
खेल बराबर भएपछि पेनाल्टी भएको थियो । पेनाल्टीमा एम वाइ सि मिलन चोक बिजयि भएको थियो दोश्रो खेल सुर्योदय युवा क्लब र बेलुवा युवा क्लब का बिच भएको थियो ।


खेलको १० मिनेटमा सुर्योदय युवा क्लब ले गोल गरेको थियो । त्यसपछि बेलुवा युवा क्लब र सुर्योदय युवा क्लब ले १÷१ गोल गरेका थिय । अन्तिमसम्म मा बेलुवा युवा क्लब ले १ गोल मात्रै गर्न सफल भएको थियो ।
सुर्योदय युवा क्लब ले बेलुवा युवा क्लब लाइ १ का विरुद्ध २ गोल गरेर बिजयि भएको छ ।
आज हुने रोमान्चक पहिलो खेल ११ बजेदेखि अटल युवा क्लब बौनिया र युनाइटेड एकेडेमी बिच हुनेछ भने दोस्रो खेल १४ जि आर र सुर्योदय युवा क्लब का बिच  हुनेछ ।
त्यसैगरि तेस्रो खेल सगरमाथा युथ क्लब बटनपुर र पुस्कल डिजे क्लबका बिच हुने अध्यक्ष योगेन्द्र साउँदले बताउनुभयो ।