जनप्रतिनिधि र कर्मचारीका लागि सुचनाको हक सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम शुरु

टीकापुर, १३ असार/टीकापुरमा जनप्रतिनिधि र कर्मचारीका लागि सुचनाको हक सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा पत्रकार महासङ्घ का केन्द्रीय सदस्य भरत शाहले पालिकाबाट हुने हरेक कार्यका सुचना सहज पाउन र दिनका लागि सुचनाको हक पनि माध्यम हुने बताउनुभयो ।
कार्यक्रममा नगर प्रमुद रामलाल डगोरा थारुले सुचनाको हक सबैका लागि आवश्यक छ । सुचना पाउनु सबैको अधिकार हो । पालिकाले ४१ लाखको भात खायो भन्ने कुरा आयको छ ।

२०७७र०७८ को कुरा अहिले हामीलाई गलत प्रचार गरिएको छ । सहि सुचना मिडियाले पनि दिनुपर्छ । भर्खर सभा सकियो ।
अब हामी थप बलियो भएर जान खोजेका छौं । हामी सबै निर्मम र कठोर भएर विकास गर्ने गरि अघि बढ्नेछो ।
कार्यक्रम पत्रकार महासङ्घ कैलाली का अध्यक्ष हिमालय जोशिको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकार मनमोहन स्वार, एकिन्द तिमिल्सिना ले सहजिकरण गरिरहनुभएको छ ।