संघियताका नाममा जनता ठग्दै नेताहरु

सम्पादकीय

संघियता देखाएर जनतालाई सडकमा ल्याए । माओवादीको जनयुद्ध त्यसैमा २०६२÷०६३ को आन्दोलनले गणतन्त्र त आयो तर मुलुक संकटमा फसेको यतिखेर महशुस हुन थालेको छ । संघियता आएपछि सबै कुरा ठीक हुन्छ भनेर जनतालाई आश्वस्त पारेका नेताहरुले यतिखेर देश र जनताप्रति गणगद्यारी गरिरहेका छन् । जनयुद्धका नाममा होस् या संबिधान बनाउनेका नाममा ठूलो रकम खर्च भयो । बिदेशीले संघियताका लागि पैसा सहयोग गरे तर यतिखेर विकास निर्माणका लागि रकम दिइरहेको अवस्था छैन । बिदेशीले सहयोगको कुरा त छाडौ सहुलियत ऋण पनि दिन कम गरेका छन् । एकातिर संघियता घाँडो भयो भन्ने बिश्लेषण हुन थालेको छ अर्काे तर्फ नेताहरु जनतालाई ठग्दैछन् । सबै कुरा छताछुल्ल भएपनि जनतालाई गुमराहामा राख्ने प्रयास भइरहेको छ । संघियता निर्माण भएर संघियता बलियो बनाउने योजना सुनाउछन् अर्काे तर्फ प्रदेशसभाले नामाकरण गरेको नाम स्विकार गर्न सक्दैनन् । कोशी प्रदेशमा अघिल्लो पटकको प्रदेशसभाले नामाकारण गर्नसकेन । यस पटकको प्रदेशसभाले कोशी प्रदेश नामाकरण ग¥यो । नामाकरण भएको एक बर्षमै बिबाद गर्ने अनी शिर्ष नेताहरुले छलछाम गर्ने हो भने संघियता बलियो कसरी हुन्छ ? कोशी प्रदेश नामाकरण भइसकेपछि माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड आफ्नो कार्यक्रममा कोशी प्रदेश लेख्न सक्दैनन् । यसरी जनतालाई ठग्ने काम भइरहेको छ । प्रचण्ड माओवादीको अध्यक्ष मात्र नभएर प्रधानमन्त्री पनि हुन् । प्रधानमन्त्री नै संघियता कमजोर बनाउने योजनामा लागेका छन् भने प्रदेश सरकारले कसरी अधिकार पाउँछ र प्रदेश सरकारले विकासको गति लिन्छ ? कार्यकर्ता भर्ति गर्नका लागि मात्र संघियता बनाइएको जस्तो आम नागरिकले बुझ्न थालेका छन् । समाजवादी समुहले आइतवार कोशी प्रदेशको कार्यक्रममा कोशी प्रदेश नलेखिएको व्यानर राखेर कार्यक्रम गर्छन् भने यो भन्दा लाजमर्दाे अवस्था के हुन्छ ? एकातिर संघियताका नाममा अर्बाै बजेट फजुल खर्च भइरहेको छ अर्काे तर्फ नेताहरु संघियताको रटान लगाइरहेका छन् । यसबाट नागरिक ले बुझ्ने ? जनतालाई साथमा लिएर देश लुट्न पल्केका नेताहरुको चरित्रका बारेमा नागरिकले समयमै समिक्षा गर्न जरुरी छ । हैन भने देश थप संकटमा पर्छ ।