सम्पादकीय
टीकापुर अस्पतालमा भौतिक संरचना व्यबस्थित गर्ने हो भने चिकित्सकको अभाव हुँदैन । भौतिक संरचना र आवश्यक उपकरणको व्यबस्था हुने हो भो धेरै रोगको उपचार टीकापुरमा हुन सक्छ । चिकित्सक पाइदैनन् की भन्ने समस्या भन्दा पनि भौतिक संरचनाको अभाव छ । भौतिक संरचना प्रयाप्त नहुँदा बिरामीले उपचार गर्न पालो पाइरहेका छैनन् । उपचार गर्न पालो नपाउँदा सबैले यो अस्पताल मेरा लागि के काम भनेर गुनासो गर्ने गरेका छन् । बिरामीका लागि भर्ना गर्न बेडको आवश्यक पर्छ । बेड नभएकै कारण शल्यकृया गर्नुपर्ने बिरामीले सास्ति बेहोर्नु परेको छ । टीकापुर अस्पतालमा दैनिक ५/६ सय बिरामी आउछन् । यस्तो चाप सेती अस्पतालमा मात्र देख्न पाइन्छ । सुुदुरपश्चिका सेती , महाकाली र टीकापुर गरी तीन अस्पतालमा बढी भिड हुन्छ । यस्तो भिड हुने भएपछि चिकित्सक पनि आउन मान्छन् । बिरामीको चाप भएको ठाउँमा चिकित्सक सेवा दिन रुचाउछन् । यो अवसरलाई टीकापुरका सामाजिक अगुवा एक भएर अस्पतालाई बलियो बनाउन लाग्नुपर्छ । टीकापुरमा अस्पतालमा सेवा लिने आउनेहरुको भिड बजारमा देख्न पाइन्छ । पछिल्लो समय अस्पतालकै कारण टीकापुरको महत्व बढ्दै गएको छ । अस्पतालको सेवा लाई प्रभावकारी बनाउन सबै सकारात्मक हुन जरुरी छ । हामी कहाँ की देवत्वकरण गर्ने की दानवीयकरण गर्ने पचलन छ । चिकित्सक भगवान हुन् या मान्छे ? बिरामीले भगवान ठानेका हुन्छन् । चिकित्सकले सम्मान लिने बेला भगवान जस्तो हुने सेवा दिनेबेला मान्छे हुँ जस्तो गर्ने प्रचलन छ । तसर्थ चिकित्सक आफैले आफु के हुने भनेर प्रष्ट हुन जरुरी छ । टीकापुरका सामाजिक अगुवाले अस्पताललाई बलियो र व्यबस्थित बनाउन आधुनिक भवन निर्माणमा ध्यान दिन जरुरी छ । अस्पतालमा निर्माण भएका फुटकर भवन पछि समस्या मात्र हुने हुन्् । तसर्थ सबैको ध्यान आधुनिक भवन निर्माणमा लाग्न जरुरी छ ।