गरिखाने वातावरण बनाउ

सम्पादकीय
टीकापुर व्यबस्थित शहर हो । यहाँ व्बयसाय गर्ने वातावरण स्थानीयको भूमिका हुनुपर्छ । यहाँका राजनीतिक दलहरुले टीकापुरलाई शान्ति क्षेत्र बनाउन भूमिका खेल्नुपर्छ । टीकापुरको विकासका लागि आवश्यक पर्ने विकास निर्माणमा ध्यान दिन जरुरी छ भने भएका संघ संस्थालाई बलियो बनाउन जरुरी छ । टीकापुरबाट प्रदान गरिने सेवालाई व्यबस्थित बनाउँदै लैजानुपर्छ । व्यबसाय गर्ने हरेक व्यक्तिको भावना बुझ्न जरुरी छ । हजारौ जनताले टीकापुरमा घर बनाएर बसेका छन् । यसमा अर्बाै रुपैयाको लगानी गरेकाछन् । नागरिकको लगानीका बारेमा सामाजिक अगुवा गम्भिर हुन जरुरी छ । टीकापुरमा व्यबसाय गरेर जीवन निर्बाहा गर्न गाहे छ भन्नेहरुको संख्या ठूलो छ । बर्षेनी कर बढाउने काम भएको छ । नगरपालिका र राज्यलाई कर तिर्न नसकेर कतिपय व्यबसाय नै बन्द गरेर घर बस्न थालेका छन् । व्यापार व्यबसाय चौपट भएको अवस्था छ । यसरी चौपट भएको व्यबसाय माथि उठाउने योजना ल्याउनुपर्छ । नागरिक कर भन्ने बित्तिकै भाग्नुपर्ने वातावरण बनाउनुभन्दा आफै कर तिर्न अग्रसर गराउनुपर्छ । टीकापुर सानो भएपनि व्यबस्थित बजार हो । यो बजार साँझ ५ ÷६ बज्न थालेपछि बन्द हुन थालिहाल्छ । बजार चाडै बन्द हुनु राम्रो होइन । बजार क्षेत्रमा बिजुली बत्तिको प्रबन्ध र सिसि क्यामराको व्यबस्था हुने हो भने बजार ढिलोसम्म खोल्न सकिन्छ । सडकमा राखिएका सिसी क्यामरा भरपर्दा छ की छैनन् भन्ने शंका छ । भरपर्दा सिसी क्यामराको व्बयस्था हुने हो भने अपराध कम हुन्छ । साँझ पख घुम्ने रहर सबैलाई छ तर बत्तिको प्रबन्ध तयार भएको छ यस्तो अवस्थामा सुरक्षाको कुरा हो ।सुरक्षाको प्रबन्ध मिलाउनु सरकारको दायित्व हो र प्रहरीले सुरक्षा दिनैपर्छ । सुरक्षा दिन सकिदैन भनेर सौसाँझै बजार बन्द गर्नुपर्छ भनेर प्रहरीले भन्न पाउदैन । बजार क्षेत्रलाई व्यबस्थित गर्ने सवालमा आम नागरिकको भावना बुझ्न जरुरी छ । व्यबसायीको बारेमा जनप्रतिनीधिले समयमै सोच्न जरुरी छ । स्थानीय सरकारका जनप्रतिनीधिहरु पनि गम्भिर हुन जरुरी छ । आफ्नो ठाउँको विकास कसरी हुन्छ भन्ने बारेमा सोचेर नीति बनाउन जरुरी छ । नागरिक धनी भए मात्र नगरको स्तर बढ्ने हो । समाजमा शान्ति कायम गर्न पनि काम गरेर खाने वातावरण बनाउन जरुरी छ ।