दुई वडामा सय दिने अभियान समापन कार्यक्रम,योगदान पुर्याएका नेताहरुलाई सम्मान

टीकापुर, १४ माघ/नेपाली कांग्रेसको सयदिने बिशेष  अभियान अन्तर्गत आइतवार टीकापुर नगरपालिकाको वडा नम्बर ३ र १ मा समापन कार्यक्रम भएको छ । समापन कार्यक्रममा दुबै वडामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा डाक्टर रावलले पार्टीमा अराजकता बढ्दै गएकोमा चिन्ता गर्नुभयो । उहाँले समाज संक्रिणताले घेरिदै जाँदा निर्बाचनमा असर पर्न थालेको बताउनु  भयो ।
‘‘पहाडमा झगडा थियो भन्दै निर्बाचनमा रिस पोख्ने प्रचलन छ,’’ डाक्टर रावलले भन्नुभयो,‘‘राम्रो मान्छे ,राम्रो काम गर्ने मान्छे रोज्नुपर्छ भन्छौ तर निर्बाचन मा ठीक विपरित गर्छौ ।’’ उहाँले कार्यक्रर्ताले मुल्यांकन नगर्ने हो भने पार्टीमा गलत प्रबृत्ति बढ्दै जान्छ भन्नुभयो ।
टीकापुर ३ मा वडासभापति अमर महतौंको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सदस्य केशरी बिष्ट र धनबहादुर शाही, महासमिति सदस्य नवराज रावल , पवन देवि तिमिलसेना, क्षेत्रीय सभापति प्रकाश शाह, जिल्ला सदस्य बमबहादुर बम, पूर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी , नगरसभापति नरेश कुमार खत्री, क्षेत्रीय सदस्य कृष्ण बहादर रावल, वडाध्यक्ष ऋषी बिक, पूर्ब नगर सचिब नेत्रबहादुर रावल,तरुण दलका क्षेत्रीय अध्यक्ष कल्पेश कुवँर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत सन्तु बिकले गर्नुभएको थियो भने सञ्चालन सचिब राम प्रशाद चौधरीले गर्नुभएको थियो । कार्यक्रममा मरोणपरान्त लोक बहादुर महतौं, राम औतार  चौधरी, अभिमान बिक र देविलाल बिकलाई सम्मान  गरिएको थियो ।
यसैगरी वडा नम्बर १ मा वडा सभापति चक्रबहादुर बटाला को सभापतित्वमा भएको कार्यक्रम मा प्रदेश सदस्य केशरी बिष्ट र धनबहादुर शाह, महासमिति सदस्य तथा जिल्ला प्रतिनीधि  नवराज रावल क्षेत्रीय सभापति प्रकाश शाह, महाधिबेशन प्रतिनीधि रामबहादुर भण्डारी, जिल्ला सदस्य बमबहादुर बम,पूर्ब महाधिबेशन प्रतिनीधि हर्कबहादुर स्वाँर, नगरसभापति नरेश कुमार खत्री,महिला नेतृ निर्मला कडायत, तरुण दलका अध्यक्ष कल्पेश कुवँर , प्रेस युनियनका अध्यक्ष परमानन्द पाण्डे, रेडक्रसका अध्यक्ष दत्त बहादुर बिष्ट, प्राकृतिक स्रोत व्यबस्थापन इकाई समिति सभापति सर्जन जोशी लगायतले बोल्नु भएको थियो ।
कार्यक्रममा स्वागत भीम बहादुर शाहले गर्नुभएको थियो भने सञ्चालन सहसचिब रुपक बिष्टले गर्नुभएको थियो  ।
पार्टीमा योगदान पु¥याएका अग्रज नेताहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा  टेकबहादुर थापा, सत्यराज उपाध्याय, कृपाराम सज्याल, नवलसिंह भण्डारी, मानबहादुर बुढा, बन्ध प्रशाद थारु र बिरकेश बुढा हुनुहुन्छ ।