ग्रेट हल एजुकेशनल कन्सल्टेन्सी प्रालि टीकापुरको सम्मान कार्यक्रम

टीकापुर, २३ असार/ग्रेट हल एजुकेशनल कन्सल्टेन्सी प्रालि टीकापुरले यस क्षेत्रका उत्कृष्ट बिद्यार्थीलाई आइतवार एक कार्यक्रम गरी सम्मान गरेको छ । ग्रेट हलले २०८१ को एसईई परीक्षामा ४ जिपिए ल्याउने गणेश बाबा बोर्डिङ्ग स्कूल टीकापुरका छात्रा भुवन उपाध्याय, युनाइटेड एकाडेमीका छात्र निखिल लुहार, सामुदायिक विद्यालयका तर्फबाट सबैभन्दा उत्कृष्ट जिपिए ल्याउने कर्णाली माध्यमिक विद्यालय टीकापुरका छात्रा क्रिष्टिना पोखरेल र कर्णाली माध्यमिक विद्यालय सत्तिका छात्र अंकित टमट्टालाई नगद ५/५ हजार सहित सम्मान गरेको हो ।
उक्त कार्यक्रममा बिद्यालयलाई उत्कृष्ट नतिजा ल्याउने बिद्यालयका प्रधान्याध्यापकहरु लाई पनि सम्मान गरिएको थियो । सोही कार्यक्रममा अध्ययनको शिलशिलामा जापान गएकी टीकापुर ७ की नविना बोहराका परिवारलाई ४ लाख ९२ हजार ७ सय १० रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।
ग्रेट हल एजुकेशनमा अध्ययन गरेर जापान गएकी बोहराको करिब एक महिना अघि जापनामा दुःखद् निधन भएको थियो । गैर सरकारी  संस्थाले यसरी उत्कृष्ट बिद्यार्थी लाई नगद सहित सम्मान गरेर बिद्यार्थी को हौसला बढाउने काम गरेको छ ।
ग्रेट हल एजुकेशनल कन्सल्टेन्सी प्रा। लि।का प्रबन्ध निर्देशक गणेश बहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले बिद्यार्थीहरुलाई नेपालमै पढ्ने वातावरण बनाउन जरुरी छ भन्नुभयो ।
उहाँले सरकारले रोजगार मुलुक सिप सहितको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढबिन्द्र बहादुर  रावलले युवाहरु बिदेश जानबाट रोक्ने हो भने काम गर्दै पढ्ने वातावरण बनाउन जरुरी छ भन्नुभयो । युवाहरु बिदेश पलायन देशकै लागि समस्या हो भन्दै उहाँले उत्कष्ट बिद्यार्थीलाई सम्मान गरेर शिक्षामा हौसला बढाएको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका शिक्षा अधिकृत  नरेश अवस्थी , पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका पूर्ब अध्यक्ष योगेश रावल लगायतले ग्रेट हलले निभाएको सामाजिक दायित्व बारे प्रशंसा गर्नुभएको थियो । कार्यक्रम सञ्चालन बीरेन्द्र साउँदले गर्नुभएको थियो ।
ग्रेट हल एजुकेशनल प्रा.लि.बाट भाषा कक्षा लिई जापान पुगेर असामयिक निधन भएकी टीकापुर नगरपालिका वडा नं. ७ की नविना बोहराका आफन्त लाई रू. ४ लाख ९२ हजार ७१० रुपैया आर्थिक सहयोग प्रदान समेत  गरेको छ ।