टीकापुर,९ साउन/टीकापुर नगरपालिका वडा नं.१ ब्लक नं. १५/१६ मा रहेको शिव मन्दिरको स्तर उन्नतीका लागि भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ को आय–व्यय विवरण बिहिबार सार्वजनिक भएको छ ।
उक्त श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ साउन १ गते देखि साउन ७ गतेसम्म संचालन भएको थियो ।
श्री शिव मन्दिर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ का संयोजक श्री झपटसिंह रावलको अध्यक्षतामा शुरु भएको कार्यक्रम मा टीकापुर नगरपालिका वडा नं। १ का वडा अध्यक्ष मोहन लुहार (वि.क.) प्रमुख अतिथि रहनु भएको थियो । विशिष्ट अतिथिमा टोल विकास एकता समाज टीकापुर ब्ल्क नं. १५/१६ का अध्यक्ष पदम बहादुर रावल रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मोहन लुहार (वि.क.) ले महायज्ञले धर्मको संरक्षण तथा ज्ञान प्राप्त हुने भएकोले यसको महत्व रहेको बताउनुभयो ।
उहाँले धार्मिक अनुष्ठानहरूले समाजलाई जोड्ने भएकाले यस्ता कार्यक्रमहरू भइरहनुपर्ने बताउनुभयो ।
उहाँले शिव मन्दिरको स्तर उन्नतीका लागि टीकापुर नगरपालिकाले गर्नसक्ने सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
श्री शिव मन्दिर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ का कोषाध्यक्ष काशिराम रावलले महायज्ञबाट जम्मा आम्दानी ७ लाख २६ हजार १ सय ४७ रुपैयाँ भएकोमा, सुसंस्कार समाज निर्माण अभियान नेपाललाई ४ लाख ३६ हजार रुपैयाँ प्रदान गरेको, व्यवस्थापनमा ८३ हजार १ सय ७० रुपैयाँ खर्च भएको र बाँकी मौज्दात २ लाख ६ हजार ९ सय ६७ रुपैयाँ रहेको बताउनु भयो ।

श्री शिव मन्दिर श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ का संयोजक श्री झपटसिंह रावल ले महायज्ञ सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरू, स्वयंसेवकहरू, आयोजक समिति, र श्रद्धालुहरू लाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
उहाँले,धर्म,संस्कार, र परोपकारका लागी सबै मिलेर काम गर्नुपर्ने र यस्ता कार्यक्रमहरूले समाजमा एकताको भावना बढाउने बताउनु भयोे ।

महायज्ञमा प्रमुख कथावाचक आचार्य कौशिक जी महाराज रहनुभएको थियो ।
श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८२ का उपसंयोजक बालबहादुर बोहोराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन देवानन्द रिमालले गर्नुभएको थियो ।
महायज्ञमा विशेष श्रृंगारिक महाआरती एवं प्रत्येक दिन रुद्धाभिषेक गर्नुका साथै योग बिज्ञान शिबिर, श्रीमद्भागवत प्रायण, कथावाचन,भजनकृतन, बाल संस्कार कार्यक्रम पनि गरिएको थियो ।