टीकापुर, २७ चैत/पूर्व प्रधान मन्त्रि डाक्टर बाबुराम भट्टराईले अग्रगामी राजनीत ले सद्भाव जोड्ने र दोहोनकारी राजनीतिले सद्भाव तोड्ने बताउनु भएको छ ।
टीकापुर साहित्य महोत्सवमा राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ भन्ने विषयमा बहस गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
डाक्टर भट्टराईले समाजमा अन्यायमा परेका नागरिकहरु लाई न्याय दिँदा पनि राजनीतिले सद्भाव जोड्ने बताउनु भएको छ । उहाँले टीकापुर घटना एउटा राजनीति घटना भएको र यसलाई राज्यले उचित तरिकाले व्यवस्थापन गरी बन्दिहरुको रिहाई गरिनु पर्ने बताउनुभयो ।
सोहि बहसमा भाग लिदै पूर्व उपप्रधानमन्त्रि डाक्टर भिम रावलले संबिधानले तय गरेका बाटोमा हिड्दा राजनीतिले सामाजिक सद्भाव जोड्ने बताउँदै त्यसको लागि नीति विधि अनुसार राजनितिक दलहरु चल्नु पर्ने बताउनु भयो ।
राजनीति गर्ने व्यक्तिको विरोधाभाषा अभिव्यक्ति र अविश्वासले सद्भाव खल्बलिने र त्यस विषयमा राजनीति गर्ने व्यक्तिले समेत सचेत हुनुपर्ने बताउनु भयो ।
टीकापुर साहित्य महोत्सवको दोस्रो दिन आइतबार विभिन्न ७ ओटा सत्र सञ्चालन भएका छन् । पहिलो सत्रमा हाम्रो देशको प्रधान मन्त्रि कस्तो हुनुपर्छ भन्ने विषयमा यहाँका माध्यामिक तहका विद्यार्थीहरुले बहस गरेका छन् । त्यसैगरी त्यो टीकापुर यो टीकापुर र भोलीको टीकापुर, आख्यानमा स्थानीयतास् रहर, वाध्याता वा जिम्मेवारी, गैर आख्यानको पदचापस् सुस्त कि चुस्त, विवेक ओझाको ऐनको पुस्तक परिचर्चा र टीकापुरबाट उदाय उद्मी विषमा छलफल तथा बहस भएका छन् ।
शनिबारबाट शुरु भएको टीकापुर साहित्य महोत्सवमा आज २७ गते ८ ओटा सत्र सञ्चालन हुनेछन् । बिहान ९ बजेदेखि शुरु हुने पहिलो सत्रमा म र मेरो शिक्षा भन्ने विषयमा यहाँका माध्यामिक तहका विद्यार्थीहरु ले बहस गर्नेछन् ।
दोस्रो सत्रमा नेपाली साहित्य मा सुदुरपश्चिम कहाँ छ भन्ने विषयमा टीएन जोशी, विवेक ओझा र जनक रसीकले बहस गर्नुहुनेछ भने राज सरगमले सहजीकरण गर्नु हुनेछ । सुदुरपश्चिम विकासमा किन सँधै पछाडी भन्ने विषयमा सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रि नरेश कुमार शाही, पूर्व सचिव अनुप उपाध्याय र सुशिला भट्टले बहस गर्दा प्रशान्त अर्यालले सहजीकरण गर्नुहुनेछ ।
कुन सवल रु थारु लेखक कि थारु पात्र भन्ने विषयमा कृष्णराज सर्वहारी, रामलाल जोशी र वालिका चौधरीले बहस गनुहुनेछ भने सहजीकरण शेखर खरेलले गर्नुहुनेछ । बदलिँदो स्थानीय समाज ः सहज कि असहज विषयमा दीपिका भट्ट, जनक राज शाह, केशर कुँवर र राम बहादुर चौधरीले बहस गर्दा एकिन्द्र तिमिल्सिनाले सहजीकरण गर्नुहुनेछ । अर्को सत्रका स्थानीय विकासमा समुदाय परिचालन विषयमा छलफल हुनेछ । त्यस विषयमा प्रतिनिधिसभा सदस्य लाल विर चौधरी, सुदुरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला मन्त्रि रणबहादुर रावल र रविलाल चौधरीले बहस गर्नुहुनेछ ।
त्यसपछिको सत्रमा नेपाली नाटक मञ्चन ः विगतमा वर्तमान विषयमा अशेष मल्ल, निशा शर्मा र सरिता गिरीले बहस गर्दा सरस्वति चौधरीले त्यसको सहजीकरण गर्नुहुने छ । सवाल स्थानीय सरकारः विकासको मूल आधार भन्ने विषयमा धनगढी उप–महा नगरपालिकाका प्रमुख गोपाल हमाल, टीकापुर नगरपालिका का प्रमुख रामलाल डंगौरा थारु, लम्कीचुहा नगरपालिका का प्रमुख सुशिला शाही र जानकी गाउँपालिका का अध्यक्ष गणेश चौधरीले बहस गर्नुहुनेछ भने सहजीकरण रमा चन्दले गर्नुहुनेछ । त्यसपछि सांगीतिक साँझ शुरु हुने आयोजकले जानकारी दिएको छ ।