सम्पादकीय
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले संसदीय समितिमा बयाँन दिने काम सकिएको छ । राणाले दिएको जवाफबाट आम नेपालीलाई सोच्न बाध्य भएका छन् । यस्तो पनि हुँदो रहेछ भन्ने सबैलाई लागेको छ । अदालतको हुर्मत लिएर शक्तिशाली भएका नेताहरु जनतालाई मात्र कानून लाग्दो रहेछ भन्ने प्रष्ट भएको छ । कानून त छ, छैन नेताहरुलाई केही मतलव छैन । सत्ता र शक्तिका लागि राजनीतिक दलका शिर्ष नेताहरुले अदालतलाई यसरी निरिह बनाएका रहेछन् चोलेन्द्र समशेर राणाले खुलस्त गरेका छन् । प्रजातन्त्र त्यतिले पुगेन गणतन्त्र भने तर आफ्ना आनी वानी सुधार्नुको साटो सत्ता र शक्तिका लागि अदालतलाई प्रयोग गर्दा रहेछन् भन्ने कुरा जनताले यतिखेर बुझ्ने मौका पाए । राणाले आरोप लगाएका बारका पदाधिकारी र अन्य न्यायाधीशको बयान लिने निर्णय संसदीय समितिले गरेको कुरा आएको छ यसले अझैं के–के कुरा खुल्ने हुन् त्यो हेर्न बाँकी छ । मन्त्री पदको भाग मागेका बारेमा प्रश्न गर्दा राणाले भो धेरै कुरा नगरौं कुरा गरे धेरै कुरा खुल्छ भनेर बयान दिएका छन् । यसले के बुझाउँछ ? न्यायाधीशले अझै पोल खोल्छन् भनेर संसदीय समितिले बयान छोट्याएको कुरा सञ्चार माध्यममा आएका छन् । यसरी अदालतको हुर्मत लिने र बिदेशीको इशारामा नाच्नेहरुबाट देशको रक्षा हुन सक्दैन । देशको अवस्था कमजोर भइरहेको छ । देश असफल घोषणा हुन मात्र बाँकी छ । देश र जनताका लागि राजनीति गरेका हौं भन्ने नेताहरु गम्भिर हुन जरुरी छ । जहाँ गल्ती हुन्छ त्यहिबाट सच्याउने प्रयास गर्नुपर्छ । जनताको पक्षमा काम गर्ने हो भने नेताहरुले अदालतमा हस्तक्षेप गर्नु हुँदैन भने कालोकोटको आडमा अदालतलाई नियन्त्रण लिन खोज्ने बरिष्ट अधिवक्ताहरुलाई पनि साइजमा राख्न जरुरी छ । हरेकले आ–आफ्नो कर्तव्य निभाउने हो भने समस्या हुँदैन । न्यायालय प्रति त्यसै पनि आस्था घट्दै थियो राणाको बयाँनले झनै छताछुल्ल बनाएको छ । तसर्थ नागरिक सचेत हुन जरुरी छ । यहि रबैया कायम रहयो भने मुलुकलाई बचाउन सकिदैन ।