अस्पताललाई इलेक्ट्रोलाइट एनालाइजर मेशिन हस्तान्तरण

टीकापुर, २९ बैशाख/लायन्स क्लवले टीकापुर अस्पताललाई इलेक्ट्रोलाइट एनालाइजर मेशिन उपलब्ध गराएको छ ।
टीकापुर अस्पतालमा रहेको एउटै मेशिनले राम्ररी काम नगरेको जानकारी पाएपछि लायन्स क्लव इन्टरनेशनलको समन्वयमा जापानको जोकोहा कम्पनीबाट ल्याइएको डिष्टिूक एडभाइजर भीमराम चपाईले जानकारी दिनुभयो ।
करीब पाँच लाख मूल्य पर्ने एनालाइजर विरामीको रगतमा भएको सोडियम पोटासियम क्लोराइड जाँच गर्न प्रयोगमा आउनेछ ।


एनालाइजर मेशिन लायन्स क्लव टीकापुरका अध्यक्ष महिन्द्र सिंह बमले टीकापुर अस्पतालका अध्यक्ष झपट बहादुर सोडारीलाई हस्तान्तरण गर्नु भएको छ ।
अस्पतालका ल्याव टेक्निसियन गणेश ऐरले भएको मेशिनले राम्ररी काम नगरिरहेका बेला प्राप्त भएकोले अस्पतालले दिने सेवा मा सुधार हुने बताउनुभयो ।