आन्तरिक राजश्व कार्यालय करदाता सेवा कार्यालय लम्किद्वारा ७३ करोड ९० लाख ३२ हजार रुपैयाँ राजश्व संकलन

गणेश क्षेत्री

टीकापुर, १५ साउन/आन्तरिक राजस्व कार्यालय करदाता सेवा कार्यालय लम्किले आर्थिक बर्ष २०७९÷८० मा ७३ करोड ९० लाख ३२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यालयको लक्ष्य भने ७८ करोड ८३ लाख ७० हजार रुपैयाँ रहेको र राजस्व उठेको प्रतिशत को हिसाबले ९३।७५ प्रतिशत उठेको कार्यालयका निमित्त प्रमुख निकेस रावलले बताउनुभयो ।
गत बर्ष २०७८/७९ मा लक्ष्य को ९८।६४ प्रतिशत उठेको थियो भने लक्ष्य ६४ करोड ८९ लाख ७० हजार रहेकोमा ६४ करोड १६ लाख १० हजार राजश्व संकलन भएको थियो ।
२ बर्ष सम्म कोरोनाको कारण ले ५० प्रतिशत सम्म छुट गरेको करको रकम राजश्व कार्यालय ले नियमानुसार झन्डै दोब्बर लिन लाग्दा सेवाग्राहिले रकम तिर्न समस्या भएको ब्यवसायि राजेस चौधरीले बताउनुभयो ।
राजश्व तिरिसकेपछि करचुक्ता लिन अर्कोदिन जानुपर्ने बाध्यता रहेको मनकामना ग्रामिण बिधुत सहकारी बौनियाका पुर्ण बहादुर भण्डारीले बताउनुभयो ।


कर चुक्ताको लागि एनआइसि एसिया बैंक मा बुझाएको कर बापत को रकमको अपडेट बैंकले महालेखा अन्तर्गत को र राजश्व बिभागले प्रयोग गर्ने आन्तरिक राजस्व अन्तर्गत को हुने भएकोले त्यहि दिन करचुक्ता को प्रमाणपत्र दिन नसकिने आन्तरिक राजस्वका बृख रावलले बताउनुभयो ।
नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति भुवनेश्वर अधिकारिले समय मुल्यवान हुन्छ् ब्यापारिहरुलाइ संचार र सुचनाको युगमा बिभिन्न बहानामा झुलाएर पैसाको र समयको बर्बाद बनाउन नहुने बताउनुभयो ।
टीकापुर उद्योग बाणिज्य संघ का अध्यक्ष चक्रपाणि सापकोटाले कर त्यसै चर्को छ जसरितसरि भएपनि करको दायरामा आउन लागेका ब्यापारीलाई आन्तरिक राजस्व कार्यालयले सहज वातावरण बनाउनु पर्ने बताउनुभयो ।