सम्पादकीय
नेपालको अर्थतन्त्र आयातमा निर्भर हुँदा मुलुक संकटमा पर्न थालेको छ । अर्थतन्त्र डगमगाएको अवस्था छ । यस पटक आयातबाट उठ्ने राजश्व कम हुँदा अर्थतन्त्र संकटमा छ । बिदेशबाट सामान आउने र त्यहि सामानबाट उठ्ने राजश्वले मुलुक चलाउन पल्केका नेताहरुको होस आएको हुनुपर्छ । प्रजातन्त्र र गणतन्त्र आएपछि हरेक अर्थमन्त्रीले अर्थतन्त्र बलियो भएको जनतालाई भनि रहे । हरेक अर्थमन्त्रीले भनेझै अर्थतन्त्र बलियो भएको भए यो अवस्था किन आयो रु बर्षेनी आन्तरिक र बाह्य ऋण उठाएर डेढ खर्बको विकास बजेट खर्च गर्ने प्रचलन छ । ऋण दुई खर्ब थपिने अनी विकास बजेट डेढ खर्ब खर्च हुने भएपछि देशको अवस्था कसरी सुधार हुन्छ रु देशको अवस्था सुधार गर्नलाई अर्थतन्त्रमा भएको आम्दानी र खर्चलाई व्यालेन्स गर्नुपर्छ भन्ने बारेमा ध्यान नदिने मान्छेहरु अर्थमन्त्री हुन्छन् अनी कसरी जनताले सुबिधा पाउँछन् रु अर्थतन्त्र सुधार गर्ने सवालमा राजनीतिक दलका नेताहरु गम्भिर छैनन् । आर्थिक बर्ष २०७९/०८० मा आयात १८ प्रतिशत घटेको छ भने राजश्व असुली अघिल्लो बर्षको तुलनामा १२ प्रतिशत भन्दा बढीले घटेको छ । यहि भएर सरकारले आर्थिक बर्षको अन्तिममा २ अर्ब आन्तरिक ऋण उठाउँदै छ । यसरी राजश्व कम हुने हो र बजेटको आकार मात्र बढ्ने हो भने देश टाट पल्टेको घोषणा गर्न मात्र बाँकी हो । तसर्थ सरकारले खर्च खटौतीलाई प्राथमिकतामा राख्नुपर्छ भने विकास बजेटलाई बढाउन जरुरी छ । विकास बजेट आवश्यकक्ताका आधारमा बाँडफाँड गर्न जरुरी छ ।