आशा लघुबित्त बित्तीय संस्था लिमिटेड अस्नेरी शाखाको बित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गणेश क्षेत्री

टीकापुर, २७ बैशाख/आशा लघुबित्त बित्तीय संस्था लिमिटेड अस्नेरी शाखाको बित्तीय साक्षरता तालिम तथा केन्द्र प्रमुख गोष्ठी टीकापुर नगरपालिका वडा नं। १ मा सम्पन्न भएको छ ।
लघुबित्तको समुह को बरिस्ठ सदस्य लक्ष्मी देबि रावलको सभापतित्वमा भएको कार्यक्रम मा वडा नं। ४ का अध्यक्ष लालबिर चौधरी प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा बिभाग प्रमुख रबिन खतिवडा रहनुभएको थियो ।
प्रमुख अतिथि चौधरीले लिएको ऋण तिर्नुपर्छ भन्ने मानसिकता रहनुपर्ने बताउनुभयो ।


प्रमुख अतिथि चौधरीले साहु महाजनले अहिले पनि बार्सिक ३६ देखि ६० प्रतिशत ब्याज लिइरहेको तर लघुबित्तको १५ देखि १६ प्रतिशत मात्रै रहेको ले लियको ऋणको सहिसदुपयोग गरेर जिवनस्तर उकास्नुपर्ने बताउनुभयो ।
बौनियाका स्टेशन म्यानेजर लखनलाल थारुले आशा लघुबित्त आफ्नो सदस्य हरुको हकहित र आर्थिक स्तरोन्नति होस भन्ने उद्देश्यले बिभिन्न आयआर्जन मुलक तालिमहरु दिंदै आइरहेको बताउदै आजको केन्द्र प्रमुख गोष्ठी र साक्षरता तालीमले जिवनसैलि मा परिबर्तन आउने बिश्वास व्यक्त गर्नुभयो ।
पत्रकार गणेश क्षेत्रीले घाँटि हेरि हाड निल्नु भनेझै आवश्यकता अनुसार र तिर्न सक्ने जति मात्रै ऋण लिएमा तिर्न सहज हुने बताउनुभयो । क्षेत्रीले जुन उदेश्य को लागि ऋण लिएको हो त्यही उद्देश्यमा मात्रै पैसा लगाएमा आम्दानी पनि हुने र जिवनस्तर उकासिने बताउनुभयो ।
कार्यक्रममा महिलाहरुले बिभिन्न शीर्षकमा गरेको बचतलाई किस्ता मा मिलाउनु पर्ने, ब्याजदर कम गर्नुपर्ने, किस्ता तिर्न नसकेको बखत मा ब्याज मात्रै तिर्ने ब्यवस्था गर्नुपर्ने र मौसमि ऋण प्रबाह गर्नुपर्ने सुझाब दिएका थिए ।
अस्नेरी शाखाका प्रमुख देबिराम पराजुलिले स्वागत गर्नुभएको कार्यक्रम को सन्चालन कनिष्ठ सहायक चेतराज जोशिले गर्नुभएको थियो ।
कार्यक्रममा ९० जना महिला सदस्य हरुको उपस्थिति रहेको थियो ।