टीकापुर, २८ साउन/टीकापुर २ स्थित जनजागृती माध्यमिक बिद्यालय सीतापुरका ८ जना बिद्यार्थीलाई छात्रबृत्ति तथा बिद्यालय पोषाक र कक्षा १२ का एकजना उत्कृष्ट बिद्यार्थीलाई नगद ५ हजर ५ रुपैया सहित सम्मान गरिएको छ ।
आइतवार बिद्यालयमा कार्यक्रम गरेर छात्रबृत्ति वितरण र नगद सहित सम्मान गरिएको हो । कक्षा १२ का युवराज देबकोटा लाई नगद सहित सम्मान गरिएको हो । कक्षा ११ का पुष्पा ठकुल्ला र करिना रावल, कक्षा १० का रेनुका कुमारी तिखात्री र अविशेक कठरियालाई पूर्ब सुचना तथा सञ्चार मन्त्री शिबराज जोशीले छात्रबृत्ति प्रदान गर्नुभएको हो । यसै गरी कक्षा ९ का रितेस चौधरी,राजेश बिक, प्रतिक्षा चोधरी र सम्झना चौधरीलाई पत्रि छात्रबृत्ति प्रदान गरिएको छ ।
छात्रबृत्ति कार्यक्रममा पूर्ब सुचना तथा सञ्चार मन्त्री जोशीले बालबालिका पढाईमा ध्यान दिनुपर्ने भन्दै मोवाइलमा ध्यान कम दिन आग्रह गर्नुभयो ।
उहाँले शिक्षा महगों भएका बेला दाताले पढ्न इच्छा भएका नानीहरुलाई सहयोग गर्नु सहनीय काम हो भन्नुभयो ।
इन्दीरा–चन्द्र छात्रबृत्ति समिति का अध्यक्ष पूर्ब राज्यमन्त्री मन्त्री चन्द्रसिंह भट्टराईले कुनै दिन आफु २ रुपैयाँ छात्रबृत्ति पाउँदा भावुक भएको थिए भन्दै आज इश्वरकृपाले केही नानीबाबुलाई छात्रबृत्ति प्रदान गर्दा खुशि लागेको छ भन्नु भयो ।‘‘ छोरा बुहारीको सहयोगले यो छात्रबृत्ति प्रदान गर्न सहयोग भएको हो , करिब ७० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री र बिद्यालय पोषाक वितरण गरेका छौ,’’भट्टराईले भन्नुभयो ,‘‘ हाम्रो उदेश्य बिपन्न र जेहन्दार बिद्यार्थीलाई सहयोग होस् भन्ने हो । ’’ बिद्यार्थीले पढाई मा ध्यान दिन जरुरी छ भन्दै भट्टराईले अहिलेको युगमा बिना शिक्षा केही गर्न सकिदैन भन्ने बारेमा बिद्यार्थी,शिक्षक र अभिभावक सचेत हुन जरुरी छ भन्नुभयो ।
कार्यक्रममा स्वागत बिद्यालयका पूर्ब प्रअ ललिता शाही र सञ्चालन शिक्षक हिक्मत बुढाले गर्नुभएको थियो ।
बिद्यालयले संकलन गरेको नामबाट ‘इन्दीरा–चन्द्र’ छात्रबृत्ति समितिले छात्रबृत्ति पाउने बिद्यार्थी को नाम छनौट गरेको हो । समितिका अध्यक्ष तथा पूर्ब राज्य मन्त्री भट्टराईका कान्छा छोरा प्रविण भट्टराई हाल अमेरिकामा बस्दै आउनुभएको छ । उहाँको सहयोगले केही बर्ष देखि बालबालिका छात्रबृत्ति बाड्न थालिएको हो । े ।