उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाको १७ औं साधारण सभा सम्पन्न

गणेश क्षेत्री

टीकापुर, १३ असोज/उज्यालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १७ औ साधारण सभा टीकापुर नगरपालिका वडा नं. ७ मा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष डम्बरबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष फणिराज सापकोटा रहनुभएको थियोे ।
विशिष्ट अतिथिमा वडा नं. ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने र वडा नं. ८ का अध्यक्ष दिर्घ ठकुल्ला रहनु भएको थियो ।
प्रमुख अतिथी सापकोटाले देशको अर्थतन्त्रको मेरुदण्ड सहकारी भएको बताउनुभयो । सहकारीमा ऋण लिंदा कुन प्रयोजनको लागि लिएको हो त्यही प्रयोजनमा मात्रै प्रयोग गर्दा आर्थिक भार नपर्ने बताउनु भयो ।


उपाध्यक्ष शशी श्रेष्ठको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम मा सत्ती कर्णाली सामुदायिक बन का अध्यक्ष धनसिह साउंद , टीकापुर नगरपालिका सहकारीका नन्द केसी , नेपाल रेडक्रस नारायणपुर का टोप केसी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सहकारीले आर्थिक बर्ष २०७९र८० मा १६ लाख २६ हजार ५ सय ४० रुपैया मुनाफा कमाउन सफल भएको छ ।
संस्थाको सेयर पुँजि रु ४३ लाख ३३ हजार ९ सय रुपैया रहेको छ भने डिपोजिट २ करोड २० लाख ७१ हजार ४ रुपैया रहेको छ र सहकारीले २ करोड १९ लाख ९२ हजार ९ सय ९० रुपैया कर्जा लगानी गरेको छ । सेयर सदस्य १ हजार २३ जना रहेका छन् ।
कार्यक्रममा सन्चालक समितिको तर्फबाट अध्यक्ष डम्बरबहादुर मगर ले बार्षिक प्रतिवेदन, ऋण उप समितिको तर्फबाट ऋण उप– समिति स्ंयोजक शशी श्रेष्ठ र लेखा समितिको तर्फबाट लेखा स्ंयोजक भिमबिक ले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा सहकारीलाई सहयोग गर्ने र असल बचतकर्ता र असल ऋणि लाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन सचिब प्राङ्कुस चौधरीले गर्नुभएको थियो ।