टीकापुर, ८ जेठ/टीकापुर नगरपालिका वडा नं. ८ टाडा चौकमा बन्यजन्तु भाले चित्तल फेला परेपछि उद्दारको क्रममा मृत्यु भएको छ ।
अचानक चित्तल देखेपछि कुकुरहरूले लखेटेपछि थाकिएको चित्तल लाई स्थानीय ले नियन्त्रण मा लिएर कालाकुन्डा प्रहरी चौकिलाइ खबर गरेका थिए ।
खबर पाउना साथ कालाकुन्डा प्रहरि चौकि,सत्ति कर्णाली सामुदायिक बन र सब डिभिजन बन कार्यालय टीकापुरका कर्मचारीले उक्त चित्तललाई उद्दारको लागि नियन्त्रणमा लिएका थिए । उद्दार गरेर सामुदायिक बनमा छोड्ने क्रममा उक्त भाले चित्तलको मृत्यु भएको थियो ।
मृतक भाले चित्तलको उमेर २ बर्ष जतिको को भएको सब डिभिजन बन कार्यालयका हिरण्ड रावलले बताउनुभयो ।
मृतक चितललाई सामुदायिक बन, कालाकुन्डा प्रहरी चौकि र सत्ति प्रहरी चौकिको रोहबरमा गाडिएको थियो ।
उक्त भाले चित्तल आहारा को खोजिमा जङ्गल बाट बाहिर आएको र कुकुरले लखेटेर जङ्गलबाट टाढा आएको अनुमान गरिएको छ । मृतक चित्तल ७५ किलो वजन रहेको थियो ।