एक वर्ष बित्दा पनि मलमूत्र व्यबस्थापन केन्द्र सञ्चालन भएन,दिसा फाल्दा पनि कमिसनको खेल

टीकापुर, ११ चैत/टीकापुरस्थित मानव मलमूत्र व्यबस्थापन केन्द्रमा करिब एक वर्षमा ४५ ट्याकर मात्र ं मलमूत्र पु¥याइएको छ ।
२०७८ सालमा शुरु भएको मलमूत्र व्यबस्थानमा एक वर्षमा ४५ ट्याङ्कर मात्र मलमुत्र व्यबस्थापनका लागि ल्याइएपछि एकपटक पनि प्रशोधन गरिएको छैन । प्रशोधन प्रकृया शुरु हुनका लागि आवश्यक मलमुत्र नआए पछि प्रशोधन प्रकृयाबाट मलमूत्र छान्ने काम अलपत्र परेको छ ।
प्रशोधन केन्द्र अलपत्र पर्न थालेपछि यतिखेर परामर्शदाताका कर्मचारीले नगरपालिका र निजी संकलक ट्याकंर चालकसँग छलफल गर्न थालेका छन् । सञ्चालन भएको दुई वर्षसम्म निर्माण कम्पनीले सञ्चालन गर्नुपर्ने शर्त रहेको छ तर सञ्चालन भएर नगरपालिकालाई हस्तान्तरण गर्ने अवधि एक बाँकी रहदा केन्द्र सञ्चालन हुन नसकेपछि चिन्ताको बिषय भएको छ ।
करोडौ रुपैयामा निर्माण गरिएको प्रशोधन केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने मलुमुत्र अभावकै कारण प्रशोधन प्रकृया मा कहाँ कहा कमजोरी छ भनेर हेर्न नपाएको परामर्शदाताको भनाइ छ । मलमूत्रको अभावका कारण प्रशोधन गर्ने पक्रिया नै शुरु नभएको साना शहरी खानेपानी आयोजनाका इञ्जिनियर पारसमणि भट्टले जानकारी गराउनुभयो । मलमूत्र अभावका कारण प्रशोधन केन्द्र सञ्चालन नभएको हो,’’ भट्टले भन्नुभयो,‘‘प्रशोधन केन्द्र सञ्चालन हुन दैनिक ९ घनमिटर मलमूत्र भएपछि मात्र सिस्टम चल्छ ।’’
भट्टका अनुसार अहिलेसम्म आएको मलमूत्र कम भएकाले प्रशोधन गर्न नसकिएको हो । ‘‘एउटा ट्याङ्करमा ३ घनमिटरसम्म मलमुत्र हुन्छ । दैनिक सञ्चालनका लागि दैनिक ३ ट्याङ्कर मलमुत्र आउन आवश्यक छ’’,उहाँले भन्नुभयो,‘‘जति मलमुत्र आवश्यक हुन्छ त्यो मात्रामा मलमुत्र आउन सकेको छैन । यो केन्द्र सञ्चालनका लागि योजना बनाएर टीकापुरमात्र नभइ यहाँका अन्य पालिकाबाट पनि मलमुत्र यहाँ ल्याउन आवश्यक छ ।’’
उहाँले परामर्शदाताले सञ्चालन को पहल गरिरहेको बताउनु भयो । नगरपालिकाले एउटा शौचालयको मलमूत्र संकलन गर्न दुई हजार पाँच सय शुल्क लिने गरेको छ भने निजी ट्याङ्करले पनि यही शुल्कमा संकलन गर्ने गरेका छन् ।
टीकापुर नगरपालिकामा शुल्क तिरेको आधारलाई मान्ने हो भने एक वर्षमा ७७ ट्याङ्कर मलुमूत्र केन्द्रमा पुग्नुपर्ने हो । यस क्षेत्रमा टीकापुर नगरपालिकाको एउटा र २ वटा निजी ट्याकंरले मलमूत्र संकलन गर्ने गरेका छन् । कैलाली जिल्ला खुला दिसा मुक्त क्षेत्र भए पनि संकलन भएको मलमूत्र सक्सन मेशिनको सहयोगमा ट्याङ्करले खुल्ला क्षेत्रमा मलमुत्र फाल्ने गरेका छन् ।


यसरी मलमूत्र फाल्दा घरधनीबाट खुल्ला क्षेत्रमा फाल्नुपर्छ भन्दै थप शुल्क लिने गरेका छन् । संकलन भएको मलमूत्र जथाभावी फाल्न दिदैन भन्ने त्रास देखाएर ट्याङ्कर चालकले घरधनीसँग थप रकम असुल्ने गरेको पाइएको छ । नगरपालिकाकै ट्याङ्करको तथ्याकं बाट पनि मलमूत्र जथाभावी फाल्ने गरेको प्रष्ट हुन्छ । ‘‘वर्षभरीमा नगरपालिकाको ट्याङ्करले ७७ घरको शौचालयबाट मलमूत्र सकंलन गरेको तथ्यांक देखिन्छ भने मलमूत्र व्यवस्थापनमा जम्मा ४५ ट्याङ्कर मात्र सकंलन भएको देखिन्छ , मलमूत्र व्यबस्थापनका ल्याब टेक्नेशियन आफन्त चौधरीले भन्नुभयो, ‘‘संकलन गर्ने ट्याङ्कर कै कारण र कतिपयले घरधनीले घर नजिकै खुल्ला मलमूत्र फलाउँदा व्यबस्थापन केन्द्र पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन भने दिसा मुक्त क्षेत्रको अवधारणालाई वेवास्ता गरिदै आएको छ ।’’
संरचना निर्माण भएको भए पनि केन्द्र सञ्चालनमा नगरपालिकाले वेवास्ता गरेको स्थानीयको गुनासो छ । ‘‘तामाझामका साथ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा खुल्ला दिसा फाल्नु आम नागरिकको जनजीवन माथि खेलवाड हो,’’ स्थानीय समाजसेवी निर्मला कडायतले भन्नुभयो , ‘‘नगरपालिका र यस क्षेत्रका अन्य पालिकाले खुल्ला दिसा फाल्नेलाई कारबाही गर्ने नीति नबनाएसम्म करोडौ लगानीमा बनेको संरचना चल्न सक्दैन ।’’ उहाँले मलमूत्र फाल्दा खुल्ला फाल्ने र घरधनीसंग थप शुल्क लिनेहरुलाई स्थानीय सरकारले कारबाही गर्नु       पर्छ ।’’


मलमुत्र व्यवथापन केन्द्रले दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यबस्थापन गर्न सक्छ । पछिल्लो जनगणना अनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या छ । मलमूत्र केन्द्रमा प्रशोधन
भएको पानी जमरा कुलामा पठाउने व्यवस्था मिलाइएको छ । शौचालय बाट निकालिएको मलमुत्र आफ्नै बारीभित्रै र खुल्ला क्षेत्रमा व्यवस्थापन गर्नुपर्ने समस्या थियो, अब प्रशोधन गरेर उर्जा निस्कनेछ ।
एकपटक प्रशोधन प्रकृया शुरु गरेपछि २६ दिनको प्रक्रिया हुन्छ । यसरी पक्रिया पुरा भएपछि मल संकलन हुन्छ भने झोल थिग्रिदै सफा पानीमा परिणत हुन्छ ।
नगर प्रमुख रामलाल डगौरा थारुले अहिले परामर्शदाताले नै सञ्चालन गरिरहेको, मलमुत्र संकलनका लागि पहल भइरहे को बताउनुभयो । ‘‘हामीले पटक पटक छलफल गरेका छौैँ,यसलाई व्यवस्थित गरेर सञ्चालन गर्ने तयारीमा छौँ, करोडौको संरचना भएकाले हामी गम्भिर छौँ, हामी अन्य पालिकासँग समेत सन्वय गरेर यसलाई व्यवस्थित रुपमा चलाउने तयारीमा छौँ ।’’