टीकापुर, ५ साउन/श्री जनता राष्ट्रिय माध्यामिक बिद्यालय सुनाहाफाँटामा एसईइको परिक्षाफलमा शून्य निष्कासन पछि समिक्षात्मक बैठक बसेको छ ।
शिक्षक अभिभावक संघका वरिष्ठ सदस्य श्री डबल बहादुर साउँदको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी बिनि नरेश अवस्थी रहनुभएको थियो ।
प्रमुख अतिथी अवस्थिले शैक्षिक गुणस्तर कायम गर्नको लागि तीन नीति बिद्यार्थी अभिभावक र शिक्षक को भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।
बिद्यार्थीले स्कुलमा पढायको कुरालाइ सेड्युल नै बनाएर अध्यन गर्ने र शिक्षकले पनि अनिवार्य १५ दिनमा क्लास टेस्ट लिनैपर्ने र अभिभावकले पनि पठन पाठनमा आफ्ना बाल बालिकालाई लगाएमा बिद्यार्थीले उत्कृष्ट अंक ल्याउन सक्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत गर्दै प्रधानाध्यापक किरण धितालले प्रशासकिय र ब्यवस्थापकिय कारणले पनि सोचे अनुरुप उपलब्धि हासिल गर्न नसकेको बताउनुभयो ।
बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष तथा टीकापुर नगरपालिका वडा न ७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपानेले एक अर्कालाई दोषारोपण गर्नुभन्दा भएका कमिकमजोरी बाट पाठ सिकेर अध्ययनका साथै अध्यापन मा जोड दिनुपर्ने बताउनुभयो ।
बालबालिकाभविष्यका कर्णधार भएकोले शिक्षकले आफ्नो काम कर्तव्यको बारेमा र बिद्यार्थिले लगनशील भएर पढ्नु पर्ने र त्यो पढ्ने बाताबरण अभिभावकले बनाउने हो भने बिद्यार्थिको भविष्य उज्ज्वल हुने बताउनु भयो ।
कक्षा १० मा अध्ययनरत बिनिता परियारले एसइइको रिजल्ट पछि शिक्षकहरुले एक्स्ट्रा क्लास समेत लिइरहेको बताइन ।
कक्षा १० मा अध्ययनरत रन्जना बुढाथोकीले कोचिङ क्लास स्कुलले दिने बाताबरण बनाउनु पर्ने का साथै बिद्यार्थीको र अभिभावक समेत जिम्मेवार हुनुपर्ने बताइन ।
कक्षा १० का प्रताप बुढाले बिद्यार्थिमा पनि कमि कमजोरी रहेको बताए ।
अभिभावक दिल बहादुर बिक ले शिक्षकको जिम्मेवारी सङ्गै अभिभावक र बिद्यार्थिको पनि जिम्मेवारी हुने बताउनुभयो ।
शिक्षक अभिभावक संघका पुर्ब अध्यक्ष पदम केसी ले शून्य नतिजा आउनमा शिक्षक सङ्गै बिद्यार्थी पनि जिम्मेवार भएको बताउनुभयो ।
पुर्ब बिद्यार्थी बासुदेब कोइराला ले शिक्षक का बालबालिका अङ्ग्रेजी माध्यमका स्कुलमा पढ्नाले पनि सामुदायिक बिद्यालयको गुणस्तर खस्किएको बताउनुभयो ।
समाजसेवी भिउराज साउद ले अभिभावक संघले निगरानी बढाउनुपर्ने र शिक्षकले पनि अतिरिक्त क्लास दिएर हुन्छ की दिएको होमवर्क नियमित चेक जाँच गरेर हुन्छ ध्यान दिनुपर्ने बताउनुभयो । बिद्यार्थीलाई घरायसी काममा अभिभावकले नलगाएर पढ्ने बाताबरण सिर्जना गर्नुपर्ने बताउनुभयो ।
समाजसेवी भानु थापाले बिद्यालयको परिक्षाफलमा शिक्षक को भुमिका महत्वपूर्ण हुन्छ तर त्यसो भन्दैमा सबै दोष शिक्षक लाई मात्रै नदिएर अभिभावकले पढ्ने बाताबरण बनाउनुपर्ने र बिद्यार्थी ले पनि लगनशील हुनुपर्ने बताउनुभयो ।
शिक्षक कृष्ण चौधरीले बिगत बाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो र आर्थिक रुपमा समेत बिध्यालयमा हुनाले शिक्षक को मनोबल पनि घटेको जस्तो महशुस भएको बताउनुभयो ।
शिक्षक मिना चौधरी ले आफू नयाँ आएको र अभिभावक ले घरमा पढाइ गर्ने बाताबरण बनाउनु पर्ने बताउनुभयो घरमा जानासाथ घरायसी काममा लगाएपछि बिद्यार्थीले कसरी राम्रो नतिजा ल्याउछ भन्नूभयो ।
शिक्षक अभिभावक संघका आशाराम चौधरीले बिद्यार्थीले स्कुलमा पढेका कुरालाई घरमा नदोहो¥यसम्म सफल नहुने बताउनुभयो ।
शिक्षा समितिका सदस्य रघुनाथ उपाध्याय इकाइ परिक्षा गर्नुपर्ने, युनिट टेस्ट गर्नुपर्ने , टिम वर्क गर्नुपर्ने र बिद्यालयलाई नराम्रो भनेर दोष दिइरहनुभन्दा नराम्रो किन र कसरी भयो त्यो नराम्रो बिद्यालयलाई कसरी राम्रो बनाउने भनेर सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
समाजसेवी पल बहादुर बस्नेत ले शिक्षा लाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउदै पद ओगटने तर बिद्यालयको गतिविधिमा ध्यान नदिने हुनाले समस्या सिर्जना भएको बताउनुभयो ।
पत्रकार गणेश क्षेत्रीले शिक्षक , अभिभावक र बिद्यार्थी सबैको भुमिका महत्त्वपूर्ण हुने बताउदै आफ्ना बालबालिकाको रहन सहन,खानपान र अनावश्यक घरबाट किन निक्लिन्छन भनेर ध्यान दिने र घरायसी काममा धेरै नलगाउनुपर्ने बताउनुभयो ।
शिक्षक अभिभावक संघका पुर्ब अध्यक्ष नन्द बोहराले शिक्षक ले मेहनत गरेको तर बिद्यार्थि र अभिभावक समेत जिम्मेवार भएमा समस्या नरहने बताउनु भयो ।
कार्यपालिका सदस्य मन्जु बिक ले बालबालिकालाई पढ्नुपर्छ भन्ने मानसिकता नल्याएसम्म ठुला ठुला भवनले मात्रै शिक्षामा फड्को नमार्ने बताउनुभयो । कार्यक्रमको सन्चालन शिक्षक भिम बि।क।ले गर्नुभएको थियो ।