एसईई परीक्षा २०८० मा ४७.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण ,बीरेन्द्र विद्या मन्दिरका साउंदले ४ जीपीए ल्याए

टीकापुर, १४ आषाढ/राष्टिूय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी मध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । परीक्षामा ४ लाख ६४ हजार ७ सय ८५ जना सहभागी भएका थिए ।


५२.१४ प्रतिशत विद्यार्थीले ननग्रेड ल्याएका छन् । विद्यार्थीले सैद्धान्तिक तर्फ हरेक बिषयमा ३५ प्रतिशत अंक ल्याउनुपर्ने नियम रहेको छ । यसैबीच एक सय ८६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । देशभरका विद्यालयबाट एक सय ८६ जनाले ४ जीपीए ल्याएकोमा टीकापुरस्थित बीरेन्द्र विद्या मन्दिरका हेमन्त साउँदले पनि ४ जीपीए ल्याएका छन् ।
योसँगै बीरेन्द्र विद्या मन्दिरमा ६ जनाले ‘ए’ प्लस ल्याएका छन् । १४ जनाले ए, १८ जनाले बी प्लस ल्याएका छन् । वि।सं। २०४४, २०४५ र २०४८ गरी तीन पटक उत्कृष्ट शिल्ड पाएको बीरेन्द्र विद्या मन्दिरले एसईईको नतिजा सुधार गर्दै आएको छ । २०३१ साल फागुन ७ गते स्थापना भएको विद्यालयले पछिल्लो समय शैक्षिक गुर्णस्तरमा ध्यान दिन थालेको छ ।


सहज पहुँच भएको सामुदायिक विद्यालय भएकै बीरेन्द्रमा पढ्ने धोको पूरा गर्दै आएको विद्यालयमा बुढानिलकण्ठ अन्तर्गतका विद्यार्थी बाहिरी जिल्लाबाट आउने गरेका छन् ।
‘‘राष्ट्रिय नतिजा नै कमजोर भएका बेला यस वर्ष ४ जीपीए सहितको नतिजा आएको छ, हाम्रा लागि सुखद हो’’ विद्यालयका प्रधानाध्यापक फणिन्द्रराज रेग्मीले भन्नुभयो, ‘‘तीन पटक उत्कृष्ट राष्ट्रिय शिल्ड पाएको विद्यालय हो, नतिजा सन्तोषजनक र उत्साहबद्र्धक छ ।’’
‘‘विद्यालयलाई अझ बढी व्यबस्थित र गुणस्तरमा ध्यान दिएर काम गरिरहेकाले विद्यार्थी र अभिभावकको चित्त बुझाउने प्रयासमा छौँ’’, रेग्मीले भन्नुभयो, ‘‘विद्यालयका बारेमा यस क्षेत्रका नागरिकले पनि चासो राख्नुपर्छ र सकारात्मक सुझाव दिनुपर्छ ।’’