कम्युनिष्टले कहिलै विकासका कुरा गरेका छैनन् : राठोर

टीकापुर, १५ माघ/नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले कम्युनिष्टले कहिलै विकासका कुरा नगरेको बताउनु भयो । सहमहामन्त्री राठोरले यस्तो कुरा सोमवार टीकापुरमा आयोजित क्षेत्र नम्बर १ को सम्मेलनलाई सम्बोधन गर्ने क्रममा  बताउनुभएको हो । ‘‘हाम्रो खुला अर्थ नीतिले देश यहाँसम्म पुगेको हो,’’ राठोरले भन्नुभयो, ‘‘हाम्रो शिक्षा, स्वास्थ्य, खानेपानी र सञ्चार जस्ता नीतिले यो अवस्थामा पुगेको कुरा बिर्सनु  हुँदैन ।’’ उहाँले  कांग्रेस मात्र हो विकास गर्ने पार्टी भन्नुभयो । संबिधान संसोधनका बारेमा बोल्दै राठोरले  संबिधान भनेको आवश्यक्ता अनुसार बदल्ने दस्ताबेज हो र अहिलेको अधिकार सुनिश्चित गर्न कांग्रेस बाहेक अरु कसैले सक्दैन भन्नुभयो । ‘‘वीपीले बनाएको पार्टी हो तर उहाँ १८ महिना मात्र प्रधानमन्त्री बन्नुभयो,’’ सहमहामन्त्री राठोरले भन्नुभयो,‘‘ यो १८ महिनामा बिर्ता उन्मुलन देखि अन्य धेरै राम्रा काम भए ।’’ कांग्रेसमा किन लाग्ने भनेर बुझ्न जरुरी छ भन्दै कसैलाई माननीय बनाउन होइन परिवेश बुझ्न जरुरी छ भन्नुभयो ।
उहाँले कांग्रेस अहिले जन्मिएका जातीय पार्टी जस्तो होइन र वर्गिय पार्टी पनि होइन भन्नुभयो । ‘‘सबै जात, धर्म र बर्गको पार्टी हो कांग्रेस,’’ राठोरले भन्नुभयो,‘‘हामी सबै जात, बर्ग र धर्मका जातीको सुरक्षा चाहन्छौ, सद्भाव चाहन्छौ बिग्रह चाहदैनौं ।’’
नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रण बहादुर रावल ले पार्टीमा सबैलाई समेटेर लैजाने बारेमा सबै नेताले आवाज उठाउनु भएको छ भन्दै टोलबाटै कांग्रेस लाई चलायमान बनाउन जरुरी छ भन्नुभयो । कांग्रेस बलियो भयो भने मात्र प्रजातन्त्र बलियो हुन्छ भन्ने कुरा हरेक नेता तथा कार्यकर्ताले बुझ्न जरुरी छ भन्नु भयो ।
अर्का केन्द्रिय सदस्य नृपबहादुर वडले नागरिकता थाहा नभएका र भ्रष्टहरुलाई चुनावमा जिताउँदा समस्या भएको बताउनुभयो । उहाँले वडादेखि केन्द्रसम्म सरकार बनाएपछि मात्र हरेक क्षेत्र मा काम गर्न सक्छौ भन्नुभयो । कांग्रेस एक भएर जनता माझ जान उहाँको आग्रह थियो ।
क्षेत्रीय सभापति प्रकाश शाहको सभापतित्वमा भएको सम्मेलनमा जिल्ला सभापति तथा राष्ट्रिय सभा सदस्य नायराण भट्ट, राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्र, संबिधान सभा सदस्य बुद्धिसागर चौधरी , प्रदेश सदस्य केशरी बिष्ट, महा समिति सदस्य नवराज रावल ,पूर्ब महासमिति सदस्य फकिरसिंह कडायत र बीरबहादुर हमाल , जानकी गाउँपालिकाका सभापति गणेश रेग्मी लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत प्रदेश क का सभपति परशुराम महतौंले गर्नुभएको थियो भने सञ्चालन सचिब धनन्जय रिमालले गर्नुभएको थियो ।

२० जनालाई सम्मान

केशरसिंह कडायत,लायकराम चौधरी, बड्कुलाल चौधरी, जगत राज पौडेल,परशुनारायण चौधरी, नरबहादुर ठकुल्ला, डम्बर बहादुर स्वाँर, नैनसिंह ठकुल्ला,गोबर्धन बिष्ट र जोगराज चौधरीलाई सम्मान गरिएको हो । यसैगरी महामति तिमिलसेना,रामदुलारे महतौं, केशबलाल महतौं, सन्तराम  चौधरी, धनबहादुर बिक, मोहन बहादुर रावल (सुब्बा),रण बहादुर साउँद,हरिहरि प्रशाद गिरी, झनकदत्त रेग्मी र बद्रि प्रशाद शर्मा रहनुभएको छ । पार्टीमा योगदान पु¥याएका नेताहरुलाई पार्टीले मरोणपरान्त सम्मान गरेको हो । उहाँहरुका परिवाजनलाई सहहमामन्त्री किशोर राठोरले सम्मानपत्र प्रदान गर्नुभएको हो ।