कर्णाली मावि सत्तिका प्रधानाध्यापक जगविर शाहलाई अभिनन्दन सहित विदाई

टीकापुर, १७ साउन/कर्णाली माध्यामिक विद्यालय सत्तिका प्रधानाध्यापक जगविर शाहलाई अभिनन्दनसहित विदाई गरिएको छ ।
विद्यालय, पूर्व विद्यार्थी समाज, उज्यालो बहुउद्देश्यीय सहकारी संस्था सत्ति, राममन्दिर सत्ति र कक्षा १२ विद्यार्थीहरुले संयुक्त रुपमा अभिनन्दनसहित विदाई गरेको हो ।
शाहलाई विद्यालयमा भएको औपचारिक कार्यक्रमपछि गाडीमा राखेर सत्ति बजार,वेलुवा चौराहा, खक्रौला, वटनपुर सत्ति हुँदै टीकापुर बजार परिक्रममा गरीएको छ । कर्णाली मावि सत्तिमा २०५२ सालदेखि शिक्षण गर्दै आउनु भएका शाह उमेर हदका कारण अनिवार्य अवकासमा जानु भएको हो ।
३० वर्षे कार्यकालसम्म एउटै विद्यालयमा शिक्षण गरेर विदाई हुनु भएका शाहले आफ्नो कार्यकालमा सबैले गरेको सहयोग आफुले काम गर्न सकेको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जानेवेला पनि यति ठूलो सम्मान पाएकोमा खुसी लागेको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समिति का अध्यक्ष यज्ञप्रसाद न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य हरीलाल ज्ञवाली, टीकापुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष दिर्घ बहादुर ठकुल्ला, ९ का वडाध्यक्ष लौटन चौधरी, टीकापुर नगरपालिका शिक्षा शाखा अधिकृत नरेश अवस्थि,साविक नारायणपुर गाविसका अध्यक्ष फकिरसिंह कडायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यस्तै सामुदायिक सहकारी संस्था सत्तिका अध्यक्ष पलबहादुर वस्नेत, त्रिभूवन मावि वटनपुरका प्रधानाध्यापक रविन्द्र कठायत, राष्ट्रिय मावि वेलुवाका व्यवस्थापन समिति अध्यक्ष देवबहादुर वुढाथोकी, पूर्व व्यवस्थापन समितिका अध्यक्ष नरेश्वर धमाला, पूर्व विद्यार्थी विनय विक्रम शाहले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
शुभकामना मन्तव्य राख्ने व्यक्तीहरुले जगविर शाहले कर्णाली माविलाई माथि उठाउनका लागि धेरै मिहेनेत गरेको र उहाँको यो कामलाई कहिले र कसैले पनि विर्सन नहुने बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधी ओपेन्द्र खड्काले सञ्चालन गर्नु भएको कार्यक्रम मा स्वागत विद्यालयका कार्यवाहक प्रधानाध्यापक खुमानन्द ओलीले गर्नुभएको थियो ।