सम्पादकीय
नेपालको राजनीतिमा क्षेत्रीय दल बेला बखत हाबी हुँदा समस्या मात्र हुन थालेको छ । क्षेत्रीय दलको सत्ता स्वार्थले ठूला दललाई समस्या भएको छ । ठूला दलबाट जनता दिक्क भएको भएपनि क्षेत्रीय र साना दलले समेत आफुलाई जनताको पक्षमा उतार्न सकेको पाइदैन । राप्रपा र स्वतन्त्रले केही आशा जगाएपनि क्षेत्रीयता र जातीयताका नाममा भोट लिने दलले गणतन्त्र बलियो कसरी हुन्छ भन्ने बारेमा सोचेको पाइदैन । क्षेत्रीयता र जातीयताका नाममा भोट पाएपनि आफुले पाएको भोटको कदर गर्न सकिरहेका छैनन् । गणतन्त्र र आफ्नो पार्टी कसरी बलियो बनाउने भन्ने बारेमा ध्यान दिएको पाइदैन । ठूला दललाई ठिक ठाउँमा ल्याउन क्षेत्रीय पार्टीले भूमिका खेलेको भए गणतन्त्र बलियो हुनेथियो । देशमा बढ्दै अस्तव्यस्ततालाई व्यबस्थित गर्न कांग्रेसनै चाहिन्छ । प्रजातन्त्र होस् या गणतन्त्र कांग्रेस इमान्दार भएन भने टिक्दैन । अन्तराष्टिूय शक्तिहरुले पत्याउने भनेकै कांग्रेसलाई हो । नेपालका अन्य पार्टी कांग्रेसलाई देखाएर सत्ताको स्वादमा भुल्ने हुन् । कांग्रेस कमजोर भयो भने गणतन्त्र टिक्दैन । अहिलेको निर्बाचन प्रणालीमा खोट छ भनेर आवाज बलियोगरी उठ्न थालेको छ । अधिकार बिहिन प्रदेश सभाको काम छैन । प्रदेशसभाका नाममा कर व्यापक दुरुपयोग भइरहेको छ । बिकृती रोक्ने सवालमा कांग्रेस पनि चुक्दै गएको छ । बिकृतिका बारेमा कांग्रेसले ठोस योजना बनाएर काम गर्नुपर्छ । कांग्रेस प्रजातन्त्रका बारेमा गम्भिर भएन भने मुलुक थप संकटमा फस्छ । प्रजातन्त्र बलियो हुन संबैधानिक निकाय स्वच्छ र निस्पक्ष हुनुपर्छ । निस्पक्ष भए मात्र संबैधानिक अंगले नागरिकका सवालमा काम गर्न सक्छन् । कम्युनिष्टहरुले संबैधानिक निकायप्रति खासै बिश्वास गर्दैनन् । यस्तो अवस्थामा कांग्रेसले कम्युनिष्टहरुसंग लागेर जथाभावी गर्नु गलत हुन्छ । कांग्रेस कठोर भएर देश र जनताको पक्षमा काम गर्न जरुरी छ ।