काम गर्नेहरुलाई सताउने दाउ

सम्पादकीय
नेपालको राजनीतिमा धेरै नेताहरु असफल भइसकेका छन् । जनताको सवालमा असफल भएका नेताहरु पार्टी कव्जा गर्न भने सफल छन् । पार्टी कव्जा गरेर देशलाई आफु अनुकुल चलाउने सोचले गर्दा अरुले गरेका राम्रो काम पचाउने कुरै भएन । बालेनले काठमाण्डौंमा राम्रो काम गरेको देशका नागरिकले मात्र होइन बिश्वभर बस्ने नेपाली र नेपालप्रति चासो राख्ने मान्छेले भन्ने गरेकाछन् । बिश्वभर प्रशंसा भइरहेको व्यक्तिका बारेमा नेपालका नेताहरुले भने असहयोग गरेको आभास हुन्छ । बालेनले फुटपाथ तीन मिटर चाहिन्छ भनेर फुटपाथ बिस्तार गर्न लाग्दा सडक बिभागले अवरोध गरेको छ । सडक बिभागलाई काम गर्ने रहर छ भने काठमाण्डौंमा निर्माण भइरहेका सडक चाडो बनाए हुन्छ । बालेनले गर्न लागेको काममा अबरोध गर्नु भनेको बेइमानी हो । न आफु गर्ने न अरुलाई गर्न दिने संस्कारले देशको अवस्था नाजुक भइरहेको छ । बालेनले एकनासले राम्रो काम गरिरहेका छन् । यस्तो मेयरलाई ल राम्रो गर्नुहोस् हाम्रो पनि साथ हुन्छ भनेर प्रोत्साहन गर्नुको साटो काममा अबरोध गर्नु लाजमर्दाे कुरा हो । आफुहरु बद्नाम भएका छन् बालेनलाई कसरी कमजोर बनाउन सकिन्छ भनेर लाग्नेहरुले के बुझेका छैनन् भने जनताको मन बालेनले जितेका छन् भनेर । बालेनले नागरिकका पक्षमा काम गरिरहेका छन् । जनता अब कसैको दास भएर बस्दैनन् भन्ने बुझ्न जरुरी छ । जे गरनेपनि हुन्छ हाम्रा बारेमा बोल्ने नेता तथा कार्यकर्ता छन् भन्ने दम्भ हटाउन जरुरी छ । जनताको पक्षमा न आफु काम गर्ने न अरुलाई गर्न दिन संस्कार हटाउन जरुरी छ । नागरिक पनि सचेत हुन जरुरी छ ।