कुलमान र गणतन्त्र

सम्पादकीय
गणतन्त्रका लागि आम नागरिकले ज्यान गुमाए । १७ हजारको ज्यान गयो । अर्बाै रुपैयाँका भौतिक संरचना ध्वस्त पारिए । जनयुद्धमा लागेका सर्बसाधारणले आफ्नो जीवन स्तर मात्र होइन हरेक विपन्न नागरिकको जीवन स्तर सुधार होला भनेर सोचेका थिए । पहाडको बिकट बसाई सहज होला र एउटा मानवले पाउने आधारभुत कुरा पाइएला भन्ने सोचेका थिए । २१ औं सताव्दीमा नागरिक झाडापखालाले मर्दै छन् भने सुत्केरी महिलाले अस्पतालको मुख देख्न नापएर मृत्यु हुने क्रम रोकिएको छैन । जनयुद्धका जति कुरा गरेपनि पछिल्लो समय भारतीय सञ्चार माध्यममा आइरहेका कुरा बिश्लेषण गर्ने हो भने नेताहरुले देश र जनता माथि ठूलो धोका गरेका रहेछन् भन्नुपर्ने अवस्था छ । यस्तो धोका दिएर पनि नेताहरु सत्तामा आएपछि मुलुक र जनताका बारेमा सोचेको पाइएन । हामीले जनतालाई ढाटेका कुरा एकदिन बाहिर आयो भने के भनौला भन्ने डर त्रास पनि छैन भने यो भन्दा ठूलो अपराध के हुन्छ ? सत्तामा बस्नका लागि भएका बिभिन्न प्रपञ्चका बारेमा क्रमशः भेद खुल्दै छन् तर सत्ताको आहालमा डुबेका नेताहरु चर्काे स्वर गरेर भएभरको दोष अरुलाई दिंदैछन् । के यसैका लागि गणतन्त्र आएको हो ? के यही अवस्थामा गणतन्त्र बलियो हुन्छ ? गणतन्त्रमा आम नागरिकका कुरा कति सुन्यौ भन्ने हो । भ्रष्टाचार बढेको बढ्यै छ तर सत्तामा बसेका नेताहरु भ्रष्टलाई बचाउन लाग्छन् । आफु उपर लागेका दागका बारेमा प्रश्न गर्नेलाई राज्यको संयन्त्र प्रयोग गरेर सताउने गरिएको छ । यसरी साशन कतिञ्जेल टिक्छ ? राम्रो जनशक्तिलाई सताउने गरिएको छ । बिद्युत प्राधिकरण लाई राम्रोसग हाकेका कुलमानसिंह घिसिङलाई गरिएको व्यबहारलाई हेर्ने हो भने राजनीतिक दलमा अराजकता बढेको छ । कुलमानले गरेको काम नागरिकले मनमा राखेका छन् तर सत्तामा बसेका दम्भी नेताहरु कुलमानले केही गरेनन् भन्दै हिडेका छन् । कुलमानका बारेमा जनता पत्याउने पक्षमा छैनन् तर नेताहरु जनताको आवाज सुन्ने पक्षमा छैनन् । जनताको आवाज केही पनि होइन भन्नेहरु सत्तामा बस्दै जाने हो भने जनताले कसरी चित्त बुझाउछ । राम्रो काम गर्ने मान्छेलाई सताउने अनी भ्रष्टहरुलाई काखमा राखेर सत्तामा मोज गर्दै जाने हो भने देश र जनताको भलो कसरी हुन्छ ?। भ्रष्टहरुलाई काखिमा च्यापेर सत्ता चलाएपछि जनताको पक्षमा काम गर्ने फुर्सद कहिले हुन्छ ? कुलमान घिसिङ्का कुरा सुन्ने हरेक नागरिकको आँङमा काँढा फुल्छ । जनताको आँङमा काढा फुल्ने अनी सत्तामा बसेकाहरु केही पनि होइन भन्दै सञ्चारमाध्यममा छाउन खोज्ने ? के जनताप्रतिको जवाफदेहिता यही हो ? तसर्थ गणतन्त्रको खतरा अरुबाट होइन सत्तामा पनि बस्ने नागरिकका आवाज पनि नसुन्नेबाट छ ।