कोनाकको अध्यक्षमा शिवदत्त उप्रेती

टीकापुर, ३१ बैशाख/टीकापुरस्थित कोनाकको अध्यक्षमा शिबदत्त उप्रेती निर्बिरोध निर्बाचित हुनुभएको छ ।
शनिबार टीकापुरमा भएको दोस्रो चुनावी साधारणसभाबाट उप्रेती अध्यक्षमा निर्बाचित हुनु भएको हो । उपाध्यक्षमा मनिराज शर्मा, सचिवमा दामोदर कँडेल र र कोषाध्यक्षमा योजना अधिकारी निर्वाचित हुनुभएको छ ।
सदस्यहरुमा बहादुरसिंह भट्टराई, मुन्नालाल बिक, उत्सव कुमार बख्रेल, नमराज ज्ञवाली र पूर्ण प्रसाद सापकोटा चयन हुनुभएको छ । दुई जना सदस्य सत्ती र जोशीपुरबाट थप्ने गरी कार्यसमिति बनाइएको निर्वाचन संयोजक जगदिश्वर पण्डितले जानकारी गराउनुभयो ।


निवर्तमान अध्यक्ष मनिराम सुनारको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रम मा पूर्व राज्यमन्त्री चन्द्रसिंह भट्टराईले सामाजिक योगदानका लागि स्थापना गरिएको संस्था लाई निस्वार्थ भावनाले लैजान सुझाव दिनुभयो ।
कार्यक्रममा समाजका सदस्यहरु कमला के।सी।,
सूर्यचन्द्र भट्टराई र भुवनेश्वर अधिकारीले कोनाकलाई समाज को ऐना बनाउने प्रयासमा सबैको भूमिका आवश्यक रहेको बताउनुभयो ।
उहाँहरुले समाजमा भइरहेको ध्रुविकरण रोक्न र सामाजिक एकता कायम गर्ने सवालमा कोनाकका सदस्यहरु गम्भिर भएर लाग्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा स्वागत कोषाध्यक्ष योजना अधिकारीले गर्नुभएको थियो । कोनाकमा टीकापुर, सत्ती र शोजिपुर गरी एक सय ६८ जना सदस्य रहेका छन् ।