टीकापुर,१६ असार/कोरियाली संस्था Bring up International ? Rose club International को आर्थिक सहयोगमा कैलालीको टीकापुर–१ एकतापुरस्थित प्रगतिशील आधारभूत विद्यालय मा भान्साघर निर्माण भएकोछ ।
विद्यालयमा भान्साघरको अभाव देखेपछि कोरियाली नागरिकको सहयोगमा आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले, छेदानले भान्साघर निर्माण गरिदिनुभएको हो । ५ लाख लागत मा सुविधासम्पन्न भान्साघर बनेको छ । भान्सा बनेपछि विद्यालयमा दिवा खाजा खाने बालबालिकालाई सुविधा भएको छ ।
पार्कले यसअघि विद्यालयमा शौचालयको समस्या देखेपछि गत वर्ष सुविधा सम्पन्न शौचालय निर्माण गरिदिनु भएको थियो । विपन्न समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्राका लागि सुविधा सम्पन्न पाँचकोठे शौचालय निर्माण गरिएको छ भने पुरानो शौचालयसमेत मर्मत गरिएको थियो ।

भान्सा घर उद्घाटन कार्यक्रम मा बोल्दै वडा नं. १ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मोहन लुहार विकले कोरियाली नागरिकले नेपाली विद्यार्थीको शैक्षिक विकासका लागि गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।
आरसीआइका नेपालका प्रतिनिधि पार्क क्वाङ होले चिटिक्क परेको विद्यालयमा चिटिक्क परेको भान्सा बनाउन पाउँदा खुशी लागेको बताउँदै यहाँ पढ्ने बालबालिका पनि चिटिक्क र अनुशासित हुनुपर्ने बताउनुभयो बालबालिकालाई पढाईमा जागरिलो बन्न र सरसफाईमा ध्यान दिन सुझाव दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण परियार विद्यालयमा शौचालय, भान्सा बने पनि शुद्ध पानीको समस्या रहेको बताउनु भयो । उहाँले जिर्ण रहेको विद्यालय भवन निर्माणमा पनि सघाउन अनुरोध गर्नुभयो ।
कार्यक्रममा स्वागत विद्यालयका प्रधानाध्याक हृदयराज रेग्मीले गर्नुभएको थियो भने सञ्चालन समुदायमा सञ्चालनमा रहेको खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाका कार्यक्रम अधिकृत हेमराज जोशीले गर्नुभएको थियो । अव्यवस्थित बस्तीमा रहेको यो विद्यालयमा विपन्न समुदायका बालबालिका अध्ययन गर्छन् ।