टीकापुर ,२८ पुस/मोती नन्दा प्रतिष्ठान टीकापुरले ब्लड क्यान्सर पीडित जानकी उपाध्यायलाई आर्थिक सहयोग गरेको छ ।
जानकी गाउँपालिका ३ भगतपुर निवासी जानकी ब्लड क्यान्सर भइ उपचार गराइरहेकाले उपचारमा सहयोग होस् भनी प्रतिष्ठानले रु। १० हजार सहयोग गरेको हो ।
भगतपुरका लोकराज उपाध्याय की श्रीमती जानकीको उपचारमा सहयोग पुगोस भनी प्रतिष्ठानका अध्यक्ष कनकबहादुर शाह र सचिव भीमबहादुर शाहले घरमै गइ आर्थिक सहयोग गर्नुभएको हो ।
२०७८ सालमा स्थापना भएको प्रतिष्ठानले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको छ । प्रतिष्ठानले यसअघि आमको रामारोशनका बाढी पहिरो पीडित, बझाङ थलाराका बाढी पीडितलाई एक÷एक लाख, अछाम मंगलसेनका बादी परिवारलाई २० हजार बराबरको खाद्यान्न, अछाम दर्नाका ११० जेष्ठ नागरिकलाई एक छाक खिर खुवाउने कार्यक्रम गरेको सचिव भीमबहादुर शाहले बताउनुभयो । यसका साथै, संस्था सदस्य विष्णु शाहले टीकापुर अस्पताललाई शब बहान खरिद गर्दा एक लाख सघाएको, लम्की चुहाका ललिता डगौरा दम्पत्तीलाई ५ हजार सहयोग, अछाम घर भइ टीकापुरमा आफन्तकहाँ आश्रय लिएर बस्ने ३ वर्षकी एक बालिका लाई आवश्यक लुगाकपडा , कापी किताव सघाउनुका साथै बालिकाको माविसम्मको शिक्षाको जिम्मा लिएको अध्यक्ष कनकबहादुर शाहले जानकारी दिनुभयो ।