टीकापुर, १३ भाद्र/सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस भएपछि टीकापुर बहुमुखी क्याम्पसमा पढ्ने विद्यार्थीहरुको शुल्क घटेको छ भने छात्रवृति पनि पाउन थालेका छन् ।
वि।सं। २०५८ सालमा समुदाय ले स्थापना गरेको टीकापुर बुहमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गरी सञ्चालनमा थियो भने अहिले सुदूरपश्चिम विश्व विद्यालयको आंङ्गिक क्याम्पस भएको छ ।
क्याम्पसले स्नात्तकोत्तर तहको तीन वटा सङ्कायको पहिलो सेमेष्टरमा अध्ययन गरिरहेका १३९ जना मध्ये क्याम्पसबाट ३६ जना र विश्वविद्यालय अनुदान आयोगबाट ११ जना गरी ४७ जनाले छात्रवृत्रि प्राप्त गरेका छन् ।
यस्तै स्नातक तहको पहिलो सेमेष्टरमा अध्ययनरत चार वटा सङ्कायमा १५६ अध्ययनरत विद्यार्थी मध्ये क्याम्पसबाट ४७ जना र विश्वविद्यालय अनुदान आयोगबाट ५३ जनाले गरी १०० जनाले छात्रवृति पाएका छन् ।
एमविएस पहिलो सेमेष्टरमा अध्ययनरत छात्र तपेन्द्र अयडी आफूले जेहेन्दार कोटामा ५० प्रतिशत शुल्क बराबरको छात्रवृति रकम पाएको बताउनु भयो । बीबीए पहिलो सेमेष्टरमा अध्ययनरत छात्रा वैष्णवी रावलले एक समेष्टरको शिक्षण शुल्क २३ हजार रहेकोमा १५ हजार छात्रवृति मिलेको बताउनुभयो । बीए प्रथम वर्षका छात्र दिपक चौधरीले शिक्षण शुल्क ३३ प्रतिशत छात्रवृति पाएको बताउनुभयो ।

टीकापुर बुहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन पछि न्यून शुल्कमा गुणस्तरीय शिक्षा संभव भएको छ । पहिले चार प्रतिशत लाई छात्रवृति दिदै आएकोमा अहिले जम्मा भर्ना विद्यार्थी सङ्ख्याको २५ प्रतिशतलाई शिक्षण शुल्क पूरै छुट दिन्छ, केहीलाई विश्वविद्यालय अनुदान आयोगले छात्रवृति दिइरहेको छ’ क्याम्पस प्रमुख ढविन्द्र रावल भन्नुहुन्छ ‘वर्षमा चार करोड तलब आउछ, चार जना पीएचडी र आठ जना एमफिल पूरा गरेका र ११ जना पीएचडी गरिरहेकाले हरेक सङ्कायको शिक्षाको गुणस्तर पनि बढ्दैछ ।’
टीकापुर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका उपाध्यक्ष इश्वर साउँद सामुदायिक क्याम्पस हुँदा फाट्टफुट्ट मात्रै दिइने छात्रवृति सरकारी भएपछि शुल्क घटनुका साथै छात्रवृति दिइने सङ्ख्या बढ्दा विद्यार्थीलाई राहात र प्रोत्साहन दुबै भैरहेको भैरहेको बताउनुहुन्छ ।
सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायको डीन कार्यालय समेत रहेको र टीकापुर बहुमुखी बहुमुखी क्याम्पस सरकारी भएपछि अध्ययन गर्ने विद्यार्थीलाई सहज भएको छ भने खर्च पनि सरकारले व्यहोर्न थालेको छ तर क्याम्पसको नाममा रहेको ३०० विघा जति अतिक्रमित जमिन भने खाली हुन सकेको छैन् ।