क्षयरोग संक्रमितलाई खाद्यान्न सहयोग

टीकापुर, २९ फागुन/ होली पर्व नजिकिएपछि टीकापुर नगरपालिकाले क्षयरोगका बिरामी लाई खाद्यान्न वितरण गरेको छ । नगरपालिकाले २० किलो चामल, एक क्यारेट अण्डा, गेडागुडी, चिनी लगायका खाद्यान्न वितरण गरेको  हो । बिरामीको पोषण सुधारमा सहयोग पुगोस भनी खाद्यान्न वितरण गर्ने गरिएको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा प्रमुख बल बहादुर रावलको भनाइ छ ।
टीकापुर नगरपालिका क्षयरोग मुक्त पालिका बनाउने अभियान मा छ । अभियान अन्र्तगत पालिकाले क्षयरोगीको निदान, उपचार र थप सहयोगका कार्य गर्दै आएको छ ।
पालिकाले क्षयरोगका गरिब विरामीलाई पोषणमा सहयोग पुगोस् भनी पोषणका लागि खाद्यान्न वितरण गर्ने गरेको छ । यस वर्ष पालिकामा १२० जना बिरामी नयाँ पत्ता लागेका छन् । यस वर्ष पालिकाले १२६ बिरामीलाई पोषण सहयोग गर्ने लक्ष्य लिएको छ । हालसम्म ८२ जनालाई पोषण सहयोग गरेको रावल बताउनुभयो ।
पालिकाले बिरामीको खोज पड्तालसँगै उपचारमा समेत सघाउने गरेको छ । संक्रमितका परिवार र छिमेकीलाई क्षयरोग संक्रमणबाट बच्ने उपायबारे पनि जानकारी दिने गरेको छ  ।
पोषण पाएपछि संक्रमित विपन्न बिरामी खुशी भएका छन् ।   क्षयरोग लागेपछि काम गर्न नसक्ने भरतबहादुर बोहरालाई खुशी मिलेको छ । पोषण पाएपछि अर्का बिरामी बिश्राम चौधरी पनि निकै कमजोर भएका बेला सरकारले सम्झेको बताउनुहुन्छ ।
शारदा विष्ट किनेर खान नसक्ने लाई सहयोग भएको बताउनुभयो ।