गणेश क्षेत्री
टीकापुर, २६ चैत/कैलालीको टीकापुर नगरपालिकाको खक्रौला नाकाको बोर्डरमा अवस्थित सशस्त्र प्रहरी को प्रस्ताबित गुल्म मा अन्तरर्किया तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम मा टीकापुर नगरपालिका वडा नं.७ का अध्यक्ष यज्ञ प्रसाद न्यौपाने ले सशस्त्र प्रहरीको बाक्लो उपस्थित छ अझैंपनि खुल्ला नाका छ तस्करी नियन्त्रण गर्न गार्हो छ भनेर उम्किन नपाइने बताउनु भयो ।
पत्रकार गणेश क्षेत्रीले लागु औषध नियन्त्रणमा सशस्त्र प्रहरीले प्रभाभकारी भुमिका खेल्नुपर्ने बताउनुभयो । क्षेत्रीले खक्रौला नाकामा तस्करी नियन्त्रण हुँदा राजापुर नाकामा भने मिलेमतो मा लाखौको सामान तस्करी भइरहेकोले राजापुरको यरिया पर्छ भनेर नबसेर बर्दियाको प्रशासन संग समन्वय गरेर भएपनि तस्करी नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।
पत्रकार भिम बिकले गुण र दोषका आधारमा समाचार सम्प्रेषण गर्ने बताउनुभयो । बिक ले खुल्ला सिमा नाका भएकोले तस्करी नियन्त्रण गर्न अलि अफ्ट्यारो भएपनि सुरक्षा फौज ले चाहयो भने असम्भव नभएको बताउनुभयो ।
खक्रौला हेल्थ डेस्कका इन्चार्ज मकेन्द्र रोकायाले कोरोना संक्रमित देखिदैछन चेक जाँच गर्दा ईन्डिया मा काम गरेर आउनेले समेत तिकुनिया बजार किनमेल गर्न गएको भनेर झुक्याउने गरेको बताउनुभयो । झुक्याएर समस्या झन जटिल हुने तर चेकजाँचमा ढिला हुन्छ भनेर झुक्याउने हुनाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । रोकायाले लागुऔषध नियन्त्रणमा सशस्त्र प्रहरिले चेकजाँच मा कडाइ गर्नुपर्ने बताउनु भयो ।
अन्जु कुँवरले अभिभावकले समेत उमेर नपुगेका बालबालिकाको उमेर बढाएर नागरिकता बनाएर ईन्डिया मा रोजगारिको लागि पठाउँदा यौन हिंसाको सिकार हुनेगरेको बताउनुभयो ।
शान्ति पुर्नस्थापना केन्द्रकि प्रीयङ्का देबकोटा तिमिल्सिनाले बेरोजगारी र देखासिकिले बालबालिका कमाउनको लागि ईन्डिया जाने गरेको तर उमेर नपुगेका बालबालिका धेरैजसो हराउने र आर्थिक र शारीरिक शोषण को सिकार हुने गरेको बताउनुभयो ।
तुलसि बिकले लागुऔसधको ओसारपसारमा बालबालिका र महिलाको प्रयोग हुने गरेकोले चेकजाँचमा महिला प्रहरीको आवस्यकता भएको बताउनुभयो
रसिला तामाङ र मिना चौधरीले सिमाबाट हुने चेलीबेटी बेचबिखनमा दलाल हरुको सुगा रटाइको भाषा महिला तथा युवतिहरुले बोल्ने र जिद्दी गर्ने हुनाले वास्तबिकता छुट्याउन गाह्रो हुनेहुनाले वास्तबिकता बतायमा बेचबिखन हुनबाट जोगिने बताउनुभयो ।
अन्तर्किया कार्यक्रममा उठेका प्रस्न र जिज्ञासाको जवाफ प्रस्ताबित गुल्मका गुल्मपति सशस्त्र प्रहरि नायब उपरीक्षक जङ्ग बहादुर कुँवरले आफुले कमान्ड सम्हालेको २ हप्ता मात्रै भएको र पहिलो प्राथमिकता भनेको लागुऔषध नियन्त्रण रहने बताउनुभयो ।
इन्चार्ज कुँवरले तस्करी नियन्त्रण, सिमामा हुने संकास्पद गतिविधि, हात हतियार ओसारपसार, चेलिबेटी बेचबिखन र शान्ति सुरक्षामा सशस्त्र प्रहरी कटिबद्ध भएको बताउनुभयो । भन्सार बनाएर मात्रै सामान ओसारपसार गर्नु पर्छ भन्ने मानसिकता ल्याउनको लागि पहल गर्ने आफ्नो रणनिति भएको बताउनुभयो ।
महिला तथा बालबालिकाहरुको प्रयोग लागुऔषध ओसारपसारमा हुनेगरेको ले चेकजाँच गर्न महिला सशस्त्र प्रहरिको तैनाति तुरुन्तै गर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी देश को शान्ति सुरक्षाको लागि अहोरात्र खटियको र स्थानीय को सहयोग र सुचनाको आवस्यकता रहेको बताउनुभयो ।
संका नगरे हुन्छ सुचना चुहावट कहि कतैबाट हुदैन ढुक्क हुन आग्रह गर्दै कहि कतै सङ्कास्पद गतिविधि भएमा अथवा अबैधरुपमा सामान ओसारपसार भएमा ९८५८७५०९२५ मा सम्पर्क गर्न अनुरोध गर्नु भयो । खक्रौला भन्सार ले लक्ष्य अनुरुप राजस्व सङ्कलन गर्न नसकिरहेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टको स्तरोन्नति हुने क्रममा प्रस्ताबित गुल्मका गुल्म पति भएर आएका सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्ग बहादुर कुँवर ले तस्करी नियन्त्रण गरेका त छन् तर यो नियन्त्रण पछिसम्म कायम रहने होकि होइन भनेर उनको उपस्तिथि लाई अर्थपूर्ण रुपमा हेरिएको स्थानीय बताउँछन ।