गगनसिंह कुंवर फाउण्डेशनद्वारा दुर्घटना न्यूनीकरण सम्वन्धी चेतनामूलक बोर्ड हस्तान्तरण

टीकापुर, ११ साउन/गगन सिंह कुँवर फाउण्डेशनले इलाका प्रहरी कार्यालय पाताभारलाई ७ वटा होर्डिङ बोर्ड हस्तान्तरण गरेको छ ।
शनिबार शान्तिबजारमा भएको कार्यक्रममा सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो ।
बजार क्षेत्र गति सिमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउदा गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधै बाध्ने  गरौँ लगायतका सन्देशहरु लेखिएका होर्डिङ बोर्ड हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसीले होर्डिङ बोर्डले फाउण्डेशन ले सामाजिक कार्य गर्दै आइरहेकोमा धन्यवाद दिदै यसलाई निरन्तर दिनेमा विश्वास व्यक्त र्नुभयो ।
गेरुवा गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष निर्मल चौधरीले बर्दिया कार्यक्षेत्र भएर काम गरिरहेको फाउण्डेशन आफुहरुको गौरवको बिषय भएको बताउनु भयो । उहाँले फाउण्डेशनले आफ्नो उद्देश्य अनुसार मानव जीवन रक्षाको लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको उल्लेख गर्नुभयो ।
इलाका प्रहरी कार्यालय पाताभारका बरिष्ठ प्रहरी नायव निरीक्षक गणेश बहादुर सिंहले फाउण्डेशनको कामले आफुहरु उत्साहित भएको र प्राप्त बोर्डहरु दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखिने बताउनुभयो ।
कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, वडा नं। २ का वडा अध्यक्ष कृष्ण थारु, अस्थायी ट्राफिक प्रहरी पोष्ट पाताभारका इन्चार्ज हर्दिष खत्री, गेरुवा उद्योग बाणिज्य संघका अध्यक्ष भिमबहादुर धामी, शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल, पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु, सचिव तपेन्द्र बहादुर थापा, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।
गेरुवा ५ सुखाड निवासी शेरबहादुर कुँवर र उहाँका दाजु तर्क कुँवरले स्वर्गीय बुवाको सम्झना मा उहाँकै नामबाट फाउण्डेशन दर्ता गरी सामाजिक कार्य गर्ने सोचका साथ फाउण्डेशन स्थापना गरिएको हो ।
इलाका प्रहरी कार्यालय पाताभार बर्दियाले सहयोगी संस्था गगनसिंह कुँवर फाउण्डेशन नेपालका संरक्षक एवं प्रमुख सल्लाहकार तर्कबहादुर कुँवरलाई सम्मान गरेको छ भने फाउण्डेशनले गेरुवा अपडेटका संचालक पुष्कर काफ्ले लाई समेत गरेको छ ।