टीकापुर, १६ मङ्सिर/गौशाला को स्तरोत्रतिका लागि टीकापुरमा शनिबारबाट महायज्ञ आयोजना हुने भएको छ ।
टीकापुर २ सितापुरस्थित जनजागृती माध्यमिक विद्यालय नजिक आयोजना हुने महायज्ञ अघि टीकापुरमा कलश यात्रा हुने भएको छ । कलश यात्रा विहान १० बजेबाट शुरु हुनेछ । यज्ञ स्थलबाट शुरु भइ टीकापुर बसपार्क हुँदै खडक चोक, सामुदायिक एफएम चोक हुँदै आँखा अस्पताल रोडबाट योगाश्रम हुँदै महायज्ञ स्थल पुग्नेछ । कलश यात्रामा हजारौँको सहभागिता रहने बताइएको छ । कलश यात्रामा विभिन्न भजन मण्डलीका झाकीहरु समेत प्रस्तुत हुनेछन् ।
महायज्ञको उद्घाटन सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष अनुप राज उपाध्यायले उद्घाटन गर्ने कार्यक्रम रहेको ‘टीकापुर गौशाला ज्ञान९तथा धार्मिक महोत्सव मूल समारोह समिति’का संयोजक द्धारिकाप्रसाद जोशीले जानकारी दिनुभयो ।
सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्दन समितिको आयोजनामा शनिबाराट शुरु हुने महायज्ञ मङ्सिर २३ गतेसम्म चल्नेछ ।
गाई संरक्षणका लागि आयोजना हुने महायज्ञ सञ्चालनमा स्थानीय टीकापुर २ का नागरिक र टीकापुरबासी स्वस्फुर्त रुपमा जुटेका छन् ।
महायज्ञमा स्थानीय क्लवका युवाले स्वयमसेवकका रुपमा खटेका छन् । महायज्ञमा अन्तराष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य नारायण शरण प्रमुख वाचक रहने जनाइएको छ ।
महायज्ञमा तुला दान, अन्न दान, पितृ दान,ब्राह्मण भोजन, प्रसाद वितरण, आरती सेवा, विशेष पूजा, ब्रतवन्ध र ग्रह पूजाको व्यवस्था गरिएको छ । २०८० साल जेठ १४ गते संस्था मार्फत् टीकापुरका केही युवाहरुले वडा नम्बर २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका छन् । गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँस खेती गरिएको छ । त्यहाँ निर्माण गोवर ग्यास प्लान्टबाट बिहान बेलुका २÷२ घण्टा ५५ घरधुरीलाई खाना पकाउन वायो ग्यास वितरण गरिएको छ ।