गुलावको सहर बनाउन अभियान शुरु

टीकापुर, ३ फागुन/टीकापुर नगरपालिकालाई गुलाबको शहर बनाउने अभियानको औपचारिक शुरुवात गरिएको छ ।
शुक्रवार बिशेष कार्यक्रम गर्दै  गुलाबको विरुवा रोपेर अभियान को औपचारिक शुरुवात गरिएको हो ।
अभियानको उद्घाटन गर्दै सुदुरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा बाताबरण मन्त्रि लक्ष्मण किशोर चौधरीले टीकापुरलाई गुलाबको शहर बनाउने अभियानको शुरुवात गर्नु मात्र ठूलो कुरा नभएको र त्यसलाई व्यवस्थित गर्ने कुरामा नगरपालिका लाई ध्यान दिन सुझाव दिनुभयो ।
मन्त्रि चौधरीले बजारमा गुलाब रोपेर शहरलाई सिगार्ने काम  राम्रो भएको बताउँदै त्यसमा सबै नागरिकले सघाउनु पर्ने र आफ्नो तर्फबाट पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मन्त्रि चौधरीले टीकापुर बजारलाई गुलाबको शहर बनाउँदै गर्दा टीकापुर पार्कलाई ओझेलमा पार्न नहुने र त्यसलाई झर्न सिगारपटार गर्न सुझाव दिनुभयो ।
प्रदेशसभा सदस्य ललिता सुनारले यो नगरपालिकाको अभियान राम्रो भएको र अभियान सफल पार्न आफूले सघाउने बताउनु भयो ।
होटल व्यवसायी सिद्धार्थ होटेल का प्रमुख कृष्ण प्रसाद न्यौपानेले यसरी गुलाबको बगैचा सहितको गुलाबको शहर नदेखेको बताउँदै यो नै पहिलो हुने बताउँदै त्यसमा आफ्नो तर्फबाट पनि सहयोग  रहने बताउनु भयो ।
नगर प्रमुख रामलाल डंगौरा थारुले टीकापुरलाई गुलाबको शहर बनाउने अभियानमा टीकापुर नगरपालिकाको पैसा खर्च नगरेरै श्रमदान तथा अरुको सहयोगबाट गुलाब रोप्न लागेको र त्यसमा सहयोग गर्न सबैलाई अपिल गर्नु भएको छ ।
नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष लालविर चौधरीले सञ्चालन गर्नु भएको अभियान उद्घाटन कार्यक्रममा  उद्योग व्यवसायी टीकाराम जैशी ,शिक्षक नारायण तिमिल्सिना, कृष्ण विज्ञ कृष्ण न्यौपाने लगाएतले मन्तव्य राख्नु भएको थियो ।
टीकापुरलाई गुलाबको शहर बनाउने अभियानलाई सहयोग पुगोस् भनि सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय प्रादेशिक स्वास्थ्य प्रवद्र्धन केन्द्रले ५ लाख सहयोग समेत हस्तान्त्रण गरेको छ ।
शुक्रबार पहिलो दिन टीकापुर नगरपालिकाको प्राङ्गणमा र खडक चोकदेखि जमरा पुल बिचको भागमा गुलाबका विरुवा रोपिएका छन् । नगरपालिकाले गुलाबको सहर बनाउने अभियान थालेपनि अभियानसंगै थुप्रै प्रश्न उव्जिएका छन् । सडकमा गुलावको फूल भन्दा हरियाली आवश्यक रहेको टीकापुर नगरपालिकाका पूर्ब उपमेयर लाल बहादुर चौधरीले सार्वजनिक स्थानमा भन्दै आउनुभएको छ । उसो त चौधरीले सामाजिक सञ्जाल मा समेत सुझाव दिनुभएको छ । ‘‘कसैले सुझाव दिएनन् भन्ने नपरोस भनेर नमागेको सुझाव दिएको हुँ,’’  चौधरीले भन्नुभयो ,‘‘सडकमा गुलाव भन्दा साना बोट लगाउन जरुरी छ ।’’
सुन्दरता र हरियाली फरक बिषय भएको चौधरीको भनाई छ । ‘‘सडकमा जति रुख राम्रो हुन्थ्यो त्यती गुलाव हुँदैन, अर्कोतर्फ गुलाव हुर्काउन त्यति सजिलो छैन,’’ चौधरीले भन्नुभयो ,‘‘ गुलावको पार्क भनेर बर्षौ पहिले टीकापुरको पहिचान बनेको छ , यसैलाई बलियो बनाउन पार्कमा गुलावको संरक्षण गरेको भए राम्रो हुने थियो ।’’ त्यसै पनि टीकापुरका ५ वटा ब्लकमा ओपन स्पेस छन् ती ओपन स्पेसलाई पार्क बनाउन सकिने स्थानीयको भनाई छ । कतिपयले मेयर कसको उस्काहटमा लागेर गुलावको योजना ल्याए भन्ने चिन्तामा छन् । पैसा खर्च नहोला तर समय बर्बाद अवश्य हुन्छ भन्दै आम नागरिकले मेयरको नियत सफा हुनसक्छ तर सुझाव दिनेले गलत सल्लाहा दिएको अधिकांसको भनाई छ ।
गुलाव रोप्ने अभिायनमा बिभन्न बिद्यालय र समुदायले श्रमदान गर्दै आएका छन् ।  टीकापुर सुन्दर सहर हो यसलाई सुन्दर बनाउन सबैले सहयोग गर्नुपर्छ भन्ने भावना भएकै कारण गुलाव रोप्ने अभियानका बारेमा खुलेर बिरोध नगरेका हुन् ।