सम्पादकीय
टीकापुर नगरपालिकाले गाई संरक्षण गर्नेका नाममा लाखौं रकम खर्च ग¥यो । गाईलाई तारबार लगाएर छेक्नु नै संरक्षण हो भन्ने बुझेको नगरपालिकाले जिम्मा पाएका व्यक्तिहरुले लापरबाही गर्दा कैयन गाईको मृत्यु भयो । लापरबाहीका कारण निर्मम तवरले गाईको हत्या भएको प्रष्ट देखिन्छ । वार्ड नम्बर २ मा बनाइएको गौशालालाई नगरपालिकाले व्यबस्थित गर्नुको साटो केही व्यक्तिलाई जिम्मा दिंदा खाने कुराको अभाव भयो । खुल्ला ठाउँमा कसरी पशुको संरक्षण हुन सक्छ ? बर्षातमा ओत लाग्ने ठाउँ छैन अनी जाडोमा कठाग्रिंएर गाईको ज्यान गयो । यो बिभत्स दृष्यलाई टीकापुरका युवाहरुले गभिंरताका रुपमा लिएका छन् । गौशाला निर्माणमा लागेका युवाहरु यतिखेर सरोकारवालासंग बहस छलफल गर्न थालेका छन् । इञ्जिनीयर, कृषि बिज्ञ लगायतका केही युवाहरु स्वफूर्त रुपमा व्यबस्थित गौशाला निर्माण गरेर त्यसबाट आम्दानी गर्ने योजनामा जुटेका छन् । स्थानीय सरकारले पारिश्रमिक दिएर गराउनुपर्ने काम युवाहरुले स्वफूर्त रुपमा गरिरहेका छन् यो नै मुख्य कुरा हो । भत्ता बिना एक पाइला अघि नसार्ने जनप्रतिनीधि र कर्मचारीहरुले यि युवाहरुको साथ लिएर गौशाला निर्माण गर्न सक्ने हो भने ठूलो सन्देश जाँन्छ । यतिखेर ५ सय गाई गोरु वार्ड नम्बर २ मा निर्माण भएको संरक्षण केन्द्रमा छन् । छाडा गाई गोरुले किसानको बाली नास गर्दै आएका छन् भने गाईलाई व्यबस्थित गौशाला बनाएर संरक्षण गर्ने हो भने टीकापुरको आम्दानीको स्रोत हुन्छ । यस्तो अवसरका बारेमा टीकापुर नगरपालिका गम्भिर छैन । युवाहरु आफै खटेका छन् । यस्तो अवस्थामा नगरपालिकाका जनप्रतिनीधिले के गर्न सकिन्छ भनेर उनीहरुलाई सहयोग गर्न जरुरी छ । काम गर्ने युवाहरुबाट नगरपालिकाले काम लिन जान्नुपर्छ । यसरी टीकापुरका जनप्रतिनीधि गौशाला व्यबस्थित बनाउने सवालमा जुट्न जरुरी छ । गौशाला निर्माण हाम्रा लागि नयाँ पनि हो , नयाँपनमा केही समस्या भएपनि अवसर पनि उत्तिकै हुन्छ त्यसैले स्थानीय नागरिक पनि गम्भिर भएर लाग्न जरुरी छ ।