टीकापुर, १६ साउन/टीकापुर बजार यतिखेर हेर्ने खालको ठाउँ छ । व्यबस्थित शहरको कल्पना गरेर निर्माण निर्माण भएको टीकापुर यतिखेर चिटिक्क देखिन्छ ।
टीकापुर १ को व्लक नम्बर १ पूरै व्यबस्थित भएको छ । सहकारी विकास मन्त्रालय मार्फत करिब ९ करोड रुपैया लागतमा निर्माण भएको बजार क्षेत्रको संरचनाले टीकापुर सुन्दर देखिएको छ । टीकापुर बजार कुनै भव्य सहर भन्दा कम छैन । चार वटा चौकले अझ सुन्दरता थपेको छ । यो सुन्दरतालाई टीकापुर नगरपालिकाले अझ व्यबस्थित गर्न हाइमास्क र रंगिन बत्तीको व्यबस्था गरेको छ ।
त्यति मात्र होइन नगरपालिकाले सरसफाईमा पनि उत्तिकै ध्यान दिएको पाइन्छ । नगरपालिकाका कर्मचारीले दिनहुँ फोहर संकलन गर्ने गरेका छन् । दैनिक १६ जना सरसफाई कर्मचारीले बजारका साथै अन्य ब्लक सफा गर्ने गरेका छन् । फोहर संकलन गर्न एउटा ‘गारबेज कम्प्याक्टर मेसिन’ ९संकलन गर्ने सवारी साधन० र अर्को टे«क्टर प्रयोग हुँदै आएका छन् । त्यति मात्र होइन सरसफाईको सन्देश दिन बिहान बाट फोहर संकलन गर्ने साधनले गीत बजाउने गरेका छन् । नगरपालिकाले यति प्रयास गर्दा नगर सफा देखिएको भएपनि नागरिक ले जथाभावी फोहर फाल्न छाडेका छैनन् ।
नागरिकले आफुबाट उव्जेको फोहर डस्टबिनमा नफालेर जथाभावी फाल्ने गरेका छन् । जथाभावी फोहर फाल्दा बिहान सफा चिटिक्क बनाइएको बजार दिउँसो हुँदा नहुँदै फोहर देखिन थाल्छ । नगरपालिकाले नगरमा २ सय ४० वटा फोहर संकलन गर्ने डस्टविन राखेको छ त्यो मध्य आधा बजारमै राखिएको नगरपालिकाका फोहर मैला व्यबस्थापन संयोजक लोकबहादुर बुढाले बताउनुभयो ।
‘‘ठाउँ ठाउँमा डस्बिनको व्यबस्था गरेका छौँ, फोहर त्यहा फाल्नको सट्टा जथाभावी फल्ने गरिएको छ’’, बुढाले भन्नुभयो, ‘‘डस्टविन छेउमा फोहर फालेको देख्दा दिक्क लाग्छ ।’’ आफ्नो शहर सफा राख्न नागरिक पनि उत्तिकै सचेत हुनुपर्ने भन्दै बुढाले फोहर जथाभावी फाल्नेहरुलाई सबैले रोक्न जरुरी छ भन्नुभयो । ‘‘नगरपालिकाले बिहान सफा गर्ने, नागरिकले दिउँसो फोहर जथाभावी फाल्ने हो भने सरसफाईको अर्थ हुँदैन’’, संयोजक बुढाले भन्नुभयो, ‘‘बजार सफा राख्न नगरपालिकाले लाखौं रकम खर्च गरेको बसैले बुझ्नुपर्छ ।’’
नगरपालिकाले फोहर व्यबस्थापन गर्न टीकापुर नर्सरीमा ठाउँ छुट्याएको छ । ‘‘गाड्न नभएर अलग अलग छुट्याएर फोहर व्यबस्थापन गर्नका लागि ठाउँ पाएका छौँ’’, बुढाले भन्नुभयो, ‘‘गत वर्षको २० लाख रुपैयाँ बजेट अल्या गरेका छौँ, बाँकी यो बर्ष थप्छौ ।’’
नगरपालिकाले नगर सफा राख्न आग्रह गर्दै मुख्य क्षेत्रमै ‘फोहरलाई जथाभावी नफाली डस्टविनमा मात्र फालौं’ भन्ने सन्देश मुलक होडिङ बोर्ड राखेको छ ।
सरसफाईका लागि जनचेतना कार्यक्रम चलाउनुपर्ने टीकापुरस्थित बीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक किर्तीसिंह बमले बताउनुभयो । ‘‘विद्यार्थीलाई जागृत गराए उनीहरुले अभिभावक लाई पनि सम्झाउँछन्’’ , बमले भन्नुभयो, ‘‘नगरपालिका, स्वास्थ्य क्षेत्रका कर्मचारी र विद्यालयमा स्वास्थ्य पढाउने शिक्षकलाई परिचालन गर्ने हो भने सहर सफा राख्न सहयोग पुग्छ ।’’ नगरपालिकाले समय समयमा सरसफाई अभियान चलाउनुपर्ने सुझाव दिनुभयो ।
‘‘यो समस्या काठमाण्डौमा पनि छ तर पछिल्लो समय फोहर नफालु की भन्नेमा पुगेका छन् । सफा भएपछि मनबाटै फोहर नफालु की भन्ने भावना जाग्छ, यो भावनाको विकास गर्ने हो भने टीकापुर सफा हुन्छ ।’’ उहाँले टीकापुर चिटिक्क भएको सबैलाई थाहा छ तर फोहर फाल्ने बानी हटाउन केही समय लाग्छ त्यसका लागि नगरपालिकाले योजनाबद्ध कार्यक्रम गर्नुपर्छ भन्नुभयो ।