टीकापुर, १४ पौष/कैलालीको चिसापानी–राजकाँडा केबलकार निर्माण गर्न शनिबार शिलान्यास गरिएको छ । चिसापानीदेखि राजकाँडासम्म केबलकार तथा भौतिक संरचनाहरू निर्माणका लागि परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले शिलान्यास गर्नुभएको हो ।
शिलान्यास पछि डाक्टर राणाले हरेक क्षेत्रमा सफल व्यबसायी चन्द्र प्रकाश ढकालले १० अर्ब लगानी गरेर समग्र सुदुरपश्चिम को विकासमा भूमिका खेलेको बताउनुभयो । ‘‘ जलस्रोत र पर्यटन यहि छ , ठूलो लगानी गर्ने जमर्को गर्नुभयो,’’राणाले भन्नुभयो,‘‘ यत्रो ठूलो समृद्धि हाम्रो ठाउँमा आउँछ । ’’ अण्डा देखि फूल हरेक कुरा बिकृ हुनेवाला छ भन्दै उहाँले चिसापानीका अन्य होटल ले पनि फाइदा लिन सक्छन्, सबैका लागि खुसीको कुरा हो भन्नुभयो ।
‘‘सुदुरपश्चिम प्रबेशद्वारमा ठूलो योजना ल्याइदिनुभयो,’’ राणाले भन्नुभयो,‘‘ ढाकाल जी ले लगानी गर्ने वातावरण बनाइ दिनु प¥यो भन्नुभएको छ , दुई ठूला दलको काम यही हो ।’’ दुई पार्टीको टाक्स फोर्स गठन गरेर नीजि क्षेत्रमा लगानी गर्न के के कानून अबरोध छन् त्यसलाई परिवर्तन गर्ने उहाँको भनाइ थियो । राजनीतिले मात्र पेट भरिदैन भन्दै राणाले आर्थिक समृद्धि चाहिन्छ भन्नुभयो ।

कार्यक्रममा वन मन्त्री ऐन बहादुर शाही, मुख्य मन्त्री कमल बहादुर शाह, लम्की–चुहा नगरपालिकाका प्रमुख सुशिला शाही , मोहन्याल गाउँपालिकाका अध्यक्ष , सुदुरपश्चिम उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटी लगायतले केवलकार निर्माणले समग्र सुदुरपश्चिमको विकासमा टेवा पुग्ने बताउनु भएको थियो । स्वागत उद्योग बाणिज्य महासंघका अंध्यक्ष तथा केवलकार लगानीकर्ता चन्द्र ढकालले गर्नुभएको थियो ।
चन्द्रागिरि केबलकारका सञ्चालक चन्द्रप्रसाद ढकाल, जिल्ला समन्वय समिति कैलाली का पूर्व संयोजक सूर्यबहादुर थापा को समूहले सुदुरपश्चिममा पहिलो पटक केबलकार निर्माण गर्न लागेको हो ।
जालपादेवी केबलकार कम्पनीले करिब सात अर्बको लगानीमा केबलकार सञ्चालन गर्न लागेको हो । केवलकार तीन दशमलव एक किलोमिटर लामो हुने छ । कम्पनीको नाममा रहेको दुई सय ५० रोपनी जग्गामा घेरबार सहित केवलकार,मन्दिर, पार्क, स्टेशनहरू, चमेनागृह, पाँच तारे होटेल, चिसापानीमा एक हजार क्षमताको हल, क्यासिनो लगायतका संरचनाहरू निर्माण हुनेछन् ।
कर्णालीमा केवलकार निर्माण हुनु भनेको समग्र सुदुरपश्चिमका लागि फाइदा हो भन्दै सुदरपश्चिम प्रदेशका पूर्ब कानून मन्त्री एंब नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर रणबहादुर रावलले अझ टीकापुरले बढी लाभ लिन सक्छ भन्नु भयो । ‘‘केवलकार मार्फत ठूलो लगानी हाम्रो क्षेत्रमा आएको छ,’’ डाक्टर रावलले भन्नुभयो, ‘‘ यसलाई अवसरको रुपमा लिएर काम ग¥यौ भने अरु लगानीकर्ता पनि हामीकहाँ आउछन् ।’’ उहाँले पर्यटनको क्षेत्रमा काम गर्ने वातावरण बनाउन स्थानीय सरकारले पनि भूमिका खेल्नुपर्ने मा जोड दिनु भयो ।

कम्पनीका सञ्चालक सूर्य बहादुर थापाले एक वर्ष भित्रमा चिसापानी–राजकाँडा केवलकार सञ्चालनमा आउने बताउनुभयो । प्राकृतिक रूपमा निकै सुन्दर राजकाँडा सूर्योदय अवलोकनका लागि प्रसिद्ध रहेको भन्दै थापाले सडक यातायात नपुगेकाले कम्पनीले काम गरिरहेको बताउनु भयो । कम्पनीले साइकल यात्रीका लागि समेत छुट्टै योजना बनाएको थापाको भनाई छ ।
चिसापानीबाट केबलकारमा राजकाँडा पुग्न करिब २० मिनेट लाग्ने छ । केबलकारमा भ्रमण गर्ने पर्यटकले २० मिनेटमै फरक फरक वातावरणको आनन्द लिन पाउने दाबी कम्पनीको छ । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्ट, जाल्पा देवीको ठूलो मुर्ति, दरवार, गुफा व्यवस्थीत गर्ने योजनामा कम्पनी रहेको छ । राजकाडाँमा प्राकृतिक चिकित्सालय को योजनासमेत निर्माण हुने जनाइएको छ । कम्पनीले नेपाल सरकारलाई रुखको क्षति बाफतको तीन करोड ५० लाख रुपैयाँ बुझाएको छ ।
चिसापानीमा १३ बिघा र केबुलकार सञ्चालन हुने क्षेत्रमा थप सात बिघा जग्गा कम्पनीले प्रयोग गर्ने छ। कम्पनीले २० बिघा जग्गा नेपाल सरकारलाई सट्टामा दिएको छ ।
केबलकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहनेछन् । केबुलकार दैनिक छ हजार जना यात्रुलाई सेवा दिने क्षमताको निर्माण हुनेछ ।
कर्णाली नदीको चिसापानी पुल नजिकै रहेको योजना स्थलबाट सुरु हुने केवलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिका देवी, कैलाश धाम लगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीय स्थलको अवलोकन गर्न सकिने छ ।