जति क्षमता देखायो त्यति सफलता : महर

टीकापुर,८ भाद्र/नेपाली कांग्रेसका केन्दी्रय सदस्य तथा शिक्षा विभाग संयोजक नैनसिंह महरले विद्यार्थीले जति क्षमता देखायो त्यति सफलता पाउछन् भन्नुभयो ।
शुक्रवार टीकापुरस्थित बीरेन्द्र बिद्या मन्दिर बहुमुखी क्याम्पसले आयोजना गरेको लोकसेवा तयारी कक्षा सञ्चालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा विद्यार्थीहरुसंग यस्तो कुरा भन्नुभयो ।
उहाँले हरेक व्यक्तिसंग क्षमता हुुन्छ कुसले कति प्रयोग ग¥यो भन्ने प्रमुख कुरा हो भन्नुभयो । ‘‘२००७ साल अघि २ प्रतिशले शिक्षा लिने अवसर पाएका थिए अहिले ८५ प्रतिशतले पाएका छन्’’,महरले भन्नुभयो , ‘‘लोकसे वाट गएको सुदूरपश्चिमको अब्बल अधिकृत देख्न पाइदैन, यसको अर्थ हो हामी मेहनत कम गर्छौ ।’’
स्वबियूले नयाँ खालको कार्यक्रम ल्याएको भन्दै महरले विद्यार्थीले आफ्नो जीवन सहज बनाउन संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो । ‘‘स्वतन्त्रता प्रमुख कुरा हो, अब यतिले पुग्दैन’’, उहाँले भन्नुभयो, ‘‘शिक्षा, स्वास्थ्य निशुल्क हुनुपर्छ र रोजगारको ग्यारेण्टी हुनुपर्छ ।’’ भ्रष्टाचार अहिलेको मुख्य समस्या भएको महरको भनाइ थियो ।
क्याम्पसका क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले स्वबियूले रचनात्मक काम गरेकाले उद्देश्य अनुसार काम होस् भन्ने शुभकामना दिनु भयो । उहाँले क्याम्पसमा बजारलाई आवश्यक पर्ने खालको शिक्षा पढाउने अनुमति नपाएको गुनासो गर्दै नयाँ कार्यक्रमका लागि पहल गरिदिन आग्रह गर्नुभयो । क्याम्पसका भौतिक संरचना समेत अधूरो भएको भण्डारीले गुनासो गर्नुभयो ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा महासमिति सदस्य पुष्प शाहीले संघर्षबाट सफलता मिल्छ भन्दै अबको युग प्रतिस्प्रधाको हो भन्नुभयो । नेपालको हरेक आन्दोलनमा विद्यार्थीको भूमिका अहम भएको भन्दै रोजगारमा ध्यान दिन सुझाव दिनुभयो ।


कार्यबहाक स्वबियू सभापति महेश परियारको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति प्रकाश शाह र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य आदर्श मल्लले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्वागत धिरेन्द्र रावलले गर्नुभएको थियो भने सञ्चालन नृपजंग थापाले गर्नुभएको थियो ।
त्यसैगरी नेपाल विद्यार्थी संघ कृषि तथा वन विज्ञान विश्व विद्यालय प्राकृतिक स्रोत व्यवस्थापन कलेज टीकापुरले स्वागत तथा विदाई कार्यक्रम गरेको छ ।
क्याम्पसका इकाइ सभापति सर्जन जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नेता नैनसिँह महर, पुष्पकुमार शाही लगायत को उपस्थिति थियो । कार्यक्रममा सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।