जनतालाई त्रास बाड्ने राजनीति

सम्पादकीय

गणतन्त्रमा नागरिकलाई त्रास बाड्ने काम मात्र भइरहेको छ । फलानो पार्टीले जिते यस्तो हुन्छ भन्दै जनतालाई त्रास देखाएर आफ्नो पार्टीमा ल्याउने राजनीति फस्टाइ रहेको छ । हरेक पाटीृका नेताहरुले अर्काको पार्टीलाई खराव देखाउने गरेपनि आफु सत्तामा आएपछि नागरिकका चाहना अनुसार काम गर्ने गरेका छैनन् । नागरिकको चाहनालाई ध्यान दिनुको साटो आफ्नो स्वार्थमा लिप्त नेताहरु केव सत्तामा लागि मरिहत्ते गर्ने गरेका छन् । नेपालका नेताहरुले आफ्नो कमजोर प्रस्तुतिलाई ढाकछोप गर्न प्रतिगमन शव्दलाई प्रयोग गर्ने गरेका छन् । प्रतिगमनका नाममा राजालाई धारे हात लगाउने र आफ्नो गल्ती ढाकछोप गर्ने प्रयास भइरहेको छ । नेताहरुकै कारण आज गणतन्त्र असफल हुने अवस्थामा पुगेको छ तर गणतन्त्र असफल को खास कारण भन्नुको साटो प्रतिगमन को खतरा देखाउन थालिएको छ । सधैै अधिकारका कुरा गरेर नथाक्ने दलका नेताहरु सत्तामा गएपछि लुट्नमा व्यस्त भए । संबैधानिक राजतन्त्र बिचार बोकेको राप्रपाका नेता कमल थापाले गणतन्त्रवादीसंग मिलेर स्वार्थ पुरा गरे । बिचारलाई बन्धक राख्दै मन्त्री बने , कमाई पनि गरे तर पार्टीको कार्यक्रर्ताको भावनालाई पुरै बेवास्ता गरे । जव महाधिबशन भयो पराजित भए । आफु पराजित भएपछि पूर्बराजा लाई दोष लगाए । पूर्ब राजालाई दोष लगाएर पुगेन बरु उल्टो राज संस्थाका आउँदैन भन्दै पार्टी छाडे । पुरै स्वार्थमा लिप्त कमल थापा यतिखेर राजालाई देखाएर जनता तर्साउनमा व्यस्त छन् । केवल आफ्नो सत्ता स्वार्थमा लिप्त नेताहरु जनतालाई त्रास देखाएर आफु बलियो भइरहने वातावरण बनाउनेमा लागेका छन् । पटक पटक अवसर पाएका छन् तर देश र जनताका लागि भन्दा आफ्नालाई पोस्ने काम मात्र गरेका छन् । हरेक राजनीतिक दलमा भ्रष्टहरु हाबी भएका छन् । भ्रष्ट र माफियाको चंगुलमा पार्टीका शिर्ष नेताहरु फसेका छन् । नेताहरु सुबिधा भोगी भएका छन् । नागरिक सचेत हुन जरुरी छ । मंसिरमा हुने निर्बाचनमा भ्रष्टहरुलाई पाखा लगाउन जरुरी छ । नागरिकका समस्या नबुझ्ने नेताहरुलाई पाखा लगाउन जरुरी छ ।