सम्पादकीय
नक्कली भुटानी शरणार्थी प्रकरणमा यतिखेर सबत्र चासो छ । मानवता हराएको व्यबहार राजनीतिक दलका शिर्ष तह नेतृत्वबाट भएपछि यतिखेर नागरिकमा ठूलो आक्रोस छ । मन्त्री नै मानवता बिरोधी गतिबिधीमा संंलग्न हुनु भनेको सामान्य कुरा होइन । देशमा आर्थिक अराजकता बढ्दै गएको महशुस गरेका नागरिकले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खेलमा लागेको कुरा छरपस्ट भएपछि यतिखेर नेतृत्व प्रति तिब्र रोष प्रकट हुन थालेको छ । नेताहरु यति भ्रष्ट भएका होलान् भन्ने कसैले कल्पना गरेको थिएन । बिश्वमा बद्नाम हुने यो घटनाले सिंगो नेपालीको अपमान भएको छ । पैसाका लागि जे पनि गर्न तयार हुने बानी बढ्दै गएपछि नक्कली भुटानी शरणार्थी प्रकरण आएको हो । देश र जनताको सेवा गर्न राजनीतिमा लागेको स्वांङ पार्ने नेताहरु पछिल्लो समय देशको भन्दा आफ्नो स्वार्थमा लागेको नागरिकले महशुस गरेका छन् । भुटानी शरणार्थी प्रकरणमा शिर्ष नेतृत्व मुछिनुले जनतामा नेताहरु प्रति बिश्वास घटेको छ । यत्रो घटना भएको छ । नागरिकले थाहा पाउने गरि भएको जघन्य अपराध लुकाउने प्रयास भइरहेको छ । यो घटना सामसुम हुने हो भने राजनीति गर्नेहरुको मनोबल बढ्छ । राजनीति अपराधिकरण तर्फ बढ्दै जानुको मुख्य कारण पटक पटक भएका अपराध सामसुम पार्नु हो । शिर्ष नेतृत्व नै अपराधमा संलग्न हुने अनी सामसुम पार्ने हो भने देश कसरी बन्छ रु अपराध लुकाउने प्रबृत्ति बढ्दै गएपछि अपारधीहरुको मनोबल बढ्दै गएको हो । तसर्थ यो घटना सामसुम पार्न नदिन नागरिक सचेत हुन जरुरी छ । पार्टी या आफन्त हेर्ने होइन यो अपराधमा संलग्न सबैलाई कडा कारबाही हुनुपर्छ । यो घटनाबाट नेताहरुले पाठ सिक्न पाउने छन् । जनता जागेका छन् भन्ने सन्देश दिन पनि यो घटना दबाउन दिनुहुँदैन ।