गणेश क्षेत्री
टीकापुर, २१ मंसिर/जानकी गाउँ पालिका १ मा टीकापुरका युवा ब्यवसायिहरुले प्लास्टिक उद्योग स्थापना गरेका छन् ।
भारत बाट प्लास्टिक आयात भइ रहेको अवस्थामा नवराज भट्टराई र मुकेश बमले नयाँ सोचाइका साथ उध्योग स्थापना गरेको बताउनुभयो । प्लास्टिक उद्योगमा हालसम्म ३० करोड को लगानि भईसकेको र अझंै १ सय करोडको लगानि गर्ने योजना रहेको भट्टराईले बताउनुभयो । उक्त प्लास्टिक उद्योगमा प्लास्टिकको रस्सि र कट्टा उत्पादन भइ रहेको छ । प्लास्टिकको रस्सि नेपालमा खपत भईरहेपनि कच्चा पदार्थको अर्ध तयारी अवस्थामा रहेको रस्सि भारतको पन्जाब मा निर्यात गर्ने तयारि समेत भइ रहेको नवराज भट्टराईको भनाइ थियो ।
अर्का संचालक बम ले हामिले कच्चापदार्थ बिदेशबाट आयात गर्ने र उक्त कच्चापदार्थ भारत को भन्दा गुणस्तरिय रहेको र उत्पादनको लागत खर्च समेत सस्तो पर्ने हुनाले भारतमा निर्यात गर्न सकिने बताउनुभयो । उक्त अर्ध तयारी अवस्थामा रहेको रस्सि लहरे तरकारी खेति को लागि प्रयोग गर्ने र ५,६ बर्ष सम्म पनि घाम पानी बाट सुरक्षीत हुने बताइएको छ ।
१५ जना स्थानीय र १४ जना भारतीय कामदार उक्त उद्योग बाट रोजगारी पाइरहेका छन् । मेसिन चलाउन सिकाउनको लागि भारतिय नागरिक केहि समयको लागि ल्याएको संचालक ले बताए ।
दैनिक २० कुन्टल रस्सि र १० हजार कट्टा उत्पादन भइ रहेको उक्त उद्योग बाट स्थानीयले रोजगारि त पाई नै रहेकाछन् भने भारतमा समेत निर्यात हुने हुनाले यो खुशीको कुरा पनि भएको टीकापुर नगरपालिकाका प्रबक्ता तथा वडा नं। ६ का अध्यक्ष बलिराम चौधरीले बताउनुभयो ।