जानकी गाउंपालिकामा समुदाय सशक्तिकरण तथा विकास परियोजनाबाट संचालित कार्यक्रमको अनुगमन

टीकापुर, ९ पुस/कैलालीको जानकी गाउँपालिकामा दिगो विकास समाज भजनीले समुदाय सशक्तिकरण तथा विकास परियोजना अन्र्तगत जिविकोपार्जन, सिप विकास, गुणस्तरिय शिक्षा, स्वरोजगार जस्ता कार्यमा सहयोग गर्दै आएको छ । सोहि कार्यक्रममा अनुगनमका क्रममा लक्षित समुदायका व्यक्तिहरु आर्थिक रुपमा सबल सँगै स्वरोजगार बन्दै गएका छन् ।
जानकी गाउँपालिका वडा नं। १ का माया देवी चौधरीले ५ कट्ठा क्षेत्रफलमा व्यवसायीक तरकारी खेती गर्नु भएको छ । उहाँले उक्त क्षेत्रफलमा अहिले टमाटर, काउली, र आलु रोप्नु भएको छ । सोही खेती मध्ये उहाँले अहिले टमाटरको उत्पादन लिन थाल्नु भएको छ । अहिले दैनिक ५ देखि १० किलो टमाटर ४० रुपैया प्रति किलोका दरले बेचिरहनु भएको छ । अन्य खेती भन्दा तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएकाले सोहि क्षेत्रफलमा गत वर्ष ६० हजार रुपैया बराबरको तरकारी बेच्न सफलहुनु भएको थियो ।
वडा नं। ६ कै एलजी सिलाई कटाई सेन्टरका गंगा चौधरीलाई सिकाइको कामबाट फुर्सद छैन् । उहाँले अहिले ग्राहकको माग अनुसारको सिलाइको काम गर्न निकै खट्नु परेको छ । सिलाई कटाईको काम गरेर उहाँले आम्दानी मात्र हैन अन्य ८ जना लाई रोजगार प्रदान गर्नु भएको छ ।


वडा नं। ६ का जित राम चौधरीको प्रिन्स सैलुन तथा बुटिक सेन्टर छ । उहाँले आफु सँगै आफ्नो परिवारलाई पनि काममा लगाउनु भएको छ । १ वर्ष पहिले २० हजारको लागत बाट शुरु गरेको उहाँको उक्त सैलुन तथा बुटिक सेन्टरमा अहिले करिब २ लाख भन्दा बढीको सामान छ भने सैलनुबाट राम्रो कमाई भैरहेको बताउनु भयो । जसले गर्दा नियमित रुपमा वचत गरिरहेको बताउनु भयो ।
अनुगमन पछि भएको समिक्षा कार्यक्रममा परियोजानका कार्यक्रम अधिकृत लक्ष्मी दत्तभट्ट ले ध दिगो विकास समाज भजनीले समुदाय सशक्तिकरण तथा विकास परियोजनाबाट जानकी गाउँपालिकामा सहयोग र अवसर प्रदान गरेको छ जिविकोपार्न,स्वास्थ्य, गुणस्तरिया शिक्षा, सचेतनामुकल कार्य लगाएतमा काम गरिरहेको आगामी दिनमा जिवनोपयोगी र व्यवहारिक क्षेत्रमा रहेर सहयोग गदै जाने बताउनु भयो ।
जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरी ले गैर सरकारी संघसंस्थाको सहयोग सहकार्यमा सिप र काम गर्ने बानीको विकास का लागि व्यवहारिक रुपमा लैजानु पर्ने र अगामी दिनमा सहकार्य र समन्वय मा रहेको काम गर्दै जाने बताउनु भयो ।
दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको अध्यक्षतामा भएको अनुगमन तथा समिक्षा कार्यक्रमको सहजीकरण फिल्ड अधिकृत बासुदेव चौधरीले गर्नु भएको थियो । कार्यक्रममा स्थानिय जनप्रतिनिधी, विभिन्न शाखाका प्रमुख लगाएत को उपस्थती रहेको थियो ।