सम्पादकीय
जेनजीको आन्दोलनका बारेमा दिनप्रतिदिन नयाँ नयाँ कुरा आउन थालेका छन् । जेनजीको आन्दोलनपछि अहिलेको व्यबस्था नै संकटमा पर्ने हो की भन्ने एकातिर छ भने अर्काे तर्फ आगजनीले मुलुकको आर्थिक अवस्था खस्काएको छ । आगजनीले मुलुक आंक्रान्त भएको छ । मुलुक कुन बाटोमा हिँड्ने हो भन्ने अन्योल छ । भ्रष्टाचार बिरुद्ध र सुशाषनको माग गर्दै दबाब मुलुक कार्यक्रम गरेका हुन् । निहत्था बिद्यार्थीको भिडमा धेरै खेल भयो । बिद्यार्थी अघि लगाएर भएको आन्दोलनमा घुसपैठ भएको प्रष्ट छ । जेनजी आगजनीमा संलग्न छैनन् तर पनि खर्बाैको सम्पत्ति खरानी भएको छ । ७८ जनाको ज्यान गयो । कैयन अंगभग भएका छन् । मरेका त सहिद भए बाचेकाहरु जो अंगभंग भएर जीवनभर अर्का को सहारामा बाच्नुपर्ने छ उनीहरुको अवस्था कस्तो होला त्यो उसको परिवार लाई थाहा होला ? केही दिन भावनामा बगेर देशका लागि भनेपनि बिगतका आन्दोलन मा मरेका र बाचेर अंगभंग भएकाहरुको पीडा अहिले पनि देख्न सकिन्छ । परिवर्तनका लागि युवाहरुले ज्यानको बाजी लगाएपनि मुलुक बलियो भयो भने न राज्यबाट सुबिधा र राहत पाउने हुन् । राज्य आफै संकटमा भएपछि कसले के पाउने हो ? यतिखेर राज्य पुरै तरल अवस्थामा छ तर जेनजीको नाममा भइरहेको समूह बिषेशका मागले सबैलाई झस्काएको हुनुपर्छ । जेनजी भन्दै समूह बनाउँदै पुराना राजनीतिक दलका नेताहरुको हुर्मत लिने काम भइरहेको छ । २०४६ को परिवर्तन पछि नेताहरुले जनताको भावना अनुसार काम गर्न सकेनन् भन्नेमा सबैको एकमत छ । काम गर्न नसक्नेहरुलाई बिदाई गर्ने पनि नियम छ । नियम अनुसार पार्टी प्रजातन्त्र बलियो बनाउने काम भइरहेको थियो । नेताहरुले गरेको गल्तीलाई माफ गर्न सक्ने अवस्था थिएन । नेताहरुको सयौं कमजोरी हुन सक्छन् तर मुलुक बचाउन र प्रजातन्त्र बचाउन भूमिका खेलेको कुरा बिर्सन हुँदैन । जेनजीको आन्दोलनपछि देखिएको तरलताले मुलुक नै रहने नरहने शंका उव्जीएको छ । प्रजातन्त्रमा दलहरुले साषन गर्ने हो । दलहरुले साशन गर्दा प्रकृया हुन्छ । जेनजीको आन्दोलनमा भएको आगजनी र तोडफोडमा देखिएका मान्छेको हुलिया अध्ययन गर्ने हो भने शंका गर्ने धेरै ठाउँ छन् । जेनजीका नाममा नांगो नाच प्रदर्शन भइरहेको छ । यतिखेर बिदेशीको हस्तक्षेप प्रष्ट देख्न पाइन्छ । जेनजीको नाममा भएको आन्दोलनले उव्जीएका शंका ढिलो चाडो अवश्य पर्दाफास हुने छन् । माओवादीका नेताहरु भारतमा बसेर भारतका बिरुद्ध आवाज उठाए जस्तो गरे तर सबै सहयोग भारतको रहेछ भनेर पछि छताछुल्ल भएको धेरै भएको छैन । तसर्थ मुलुक चलाउन त्यति सजिलो छैन सबै नेपाली नागरिक गम्भिर भएर देशको बारेमा सोचौ । जेनजीहरुले देशका बारेमा सोच्न जरुरी छ । बिशुद्ध आन्दोलनलाई बद्नाम गर्ने काम भएको छ यसमा पनि जेनजीले सत्य तथ्य बाहिर ल्याउन जरुरी छ ।