टीकापुरका पत्रकारबीच छलफल

टीकापुर, १७ चैत्र/राजावादी को आन्दोलनका क्रममा काठमाण्डौ मा पत्रकार सुरेज रजकको मृत्युको शोकमा कैलालीको टीकापुरका पत्रकारले श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।
सामुदायिक रेडियो टीकपाुर एफएमको साक्षात्कार कक्षमा भएको छलफलमा शुक्रबार भएको अत्याचारको भत्र्सना गर्नुका साथै पत्रकारको हत्याको निन्दा गरिएको छ ।
कार्यक्रममा बोल्ने अगुवा पत्रकारहरुले टीकापुरको पत्रकारितालाई अझै उन्नत बनाउने विषयमा सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । पत्रकारितामा युवाको सलग्नता बढाउनुपर्ने, मिडियाका नाममा हुने गलत धन्दा बन्द गराउन आचारसंहिता विपरीत हुने युटुबे क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने बिषयमा सबै एकमत देखिएका छन् ।


बरिष्ठ पत्रकार भुवनेश्वर अधिकारीले पत्रकारहरलाइ आर्थिक लोभमा नफस्न आग्रह गर्नुभयो । उहाँले पत्रकारितामा युवाको आकर्षण घटेकाले अबको केही वर्षपछि टीकापुरमा पत्रकारको अभाव हुनेमा चिन्ता ब्यक्त गर्नुभयो ।
‘‘गणतन्त्र प्राप्तिका लागि लाग्दा यस्तो परिकल्पना गरिएको थिएन, अहिले देश आर्थिक रुपमा कमजोर भएको छ । यसका साथै अशान्त र जनतामा आक्रोश बढेको छ’’, अधिकारीले भन्नुभयो, राजनीतिक दलले नागरिक ठग्दै आएका छन् । मुलुकमा यस्तो अवस्था ल्याउनुमा राजनीतिक दलको दोष छ ।’’
बरिष्ठ पत्रकार दुर्गाप्रसाद भण्डारीले पत्रकार इमानदार हुनुपर्नेमा आर्थिक रुपमा इमानदार नभएको, युटुबरले मर्यादा र आचारसहिता ख्याल नगर्दा समस्या भएको बताउनुभयो ।
सामुदायिक रेडियोका स्टेशन मेनेजर एकिन्द्र तिमिल्सिनाले मिडिया धेरै पत्रकार कम हुँदा उत्पादन खासै नदेखिएकाले मिडियाले पत्रकार उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
‘‘नयाँ पत्रकार ल्याउन अभ्यास गर्नुपर्छ । विगतमा पत्रकार महासंघबाट तालिम धेरै भयो तर प्रतिफल देखिएन’’, उहाँले भन्नुभयो, ‘‘अब पेशामा आकर्षण बढाउने र प्रतिफल देखिने गरी तालिम सञ्चालन आवश्यक छ ।’’
तिमिल्सिनाले पत्रकारिता जहिले पनि राज्यको विरुद्धमा नै हुने बताउँदै पत्रकार र पत्रकारिता बाच्ने लोकतन्त्रमा मात्र भएको स्मरण गराउनुभयो । ‘‘लोकतन्त्र जोगाउनुका साथै आचार सहिता जोगाउने जिम्मेवारी हाम्रो पनि हो । युटुव दारुका रुपमा आइरहेको छ, हाम्रो पत्रकारिता दूध जस्तो छ’’, उहाँले भन्नुभयो, ‘‘कसरी सुरक्षित हुने र कसरी पत्रकार बढाउने भन्नेमा मिडिया हाउस र स्वयमले पनि ध्यान दिनुपर्छ ।’’
समाधान न्यूज दैनिकका सम्पादक झलनाथ खनालले पत्रकारिता धमिल्याउने काम गर्नेहरुको पत्रकार महासंघले नियमन गर्नुपर्ने, ब्यापारी पनि मिडियाकर्मी भएकाले पत्रकारिता मात्र गर्नेलाई समस्या हुने गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ सुदूरपश्चिमका सदस्य दुर्गा देवकोटा,
छपिलाल चौधरी, हटलाइन दैनिकका पत्रकार शेरबहादुर विष्ट लगायतले बोल्नु भएको थियो ।
कार्यक्रम पत्रकार महासंघका जिल्ला सदस्य रतनलाल चौधरी ले संयोजन गर्नुभएको थियो ।