टीकापुरको बजेट ८५ करोड ८ लाख ८४ हजार

दुर्गा देवकोटा
टीकापुर, ११ अषाढ/टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७९\८० को रु.८५ करोड ८ लाख ८४ हजार १६० बराबर बजेट पारित गरेको छ ।
नगर उपप्रमुख खडकबहादुर शाहले ११ औं नगरसभामा प्रस्तुतु गर्नुभएको नगरपालिका तथा वडाको साधारण चालु खर्च १४ करोड २० लाख, नगरपालिका प्राथमिकता निरन्तर पूजिगत ९ करोड १५ लाख ७८ हजार, वडा तर्फ पूजिगत ७ करोड, नगर गौरवका योजना ७ करोड २० लाख, विषयगत शाखा ३ करोड ४१ लाख, समपुरक कोष ७ करोड, नगरपालिका २ करोड ६१ लाख ९७ हजार, संघ समपुरक ८० लाख, संघ विशेष २ करोड, प्रदेश समपुरक २५ लाख, प्रदेश विशेष ४५ लाख, संघीय सशर्त ३१ करोड गरी ८५ करोड ८ लाख ८४ हजार १६० बराबर बजेट पारित गरिएको छ ।


सभाले सबैका लागि शिक्षा कार्यक्रममा ९ करोड २४ लाख, एकिकृत बस्ती विकास कार्यक्रम का लागि १ करोड ५० लाख, स्वास्थ्य सेवामा २ करोड ७१ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा ५७ लाख, पशु सेवा सञ्चालनमा ७० लाख, लघु उद्यम विकास कार्यक्रममा २९ लाख, कृषि कार्यक्रम अन्र्तगत १८ लाख, कृषि विकास रणनीति अनुगमन तथा समन्वयनमा १२ लाख, आयुर्वेद सेवा कार्यक्रममा ३२ लाख, खेलकुदमा १ लाख, खानेपानी सेवा विस्तारका लागि ५ लाख बजेट व्यवस्था गरिएको छ ।
यसैगरी पर्यटन पूर्वाधार विकासमा ३० लाख, संस्कृति प्रवद्र्धनमा १९ लाख र आवास व्यवस्थापनमा ८३ लाख, रोजगार प्रवद्र्धनका लागि २९ लाख बजेट विनियोजन गरिएको छ ।
बजेटलाई नगरसभाले बहुमत ले पारित गरेको छ । बजेटमा जनतासँग जनप्रतिनिधि, अनाथ असहाय छात्रवृत्ती, निशुल्क रगत, सडक मानव मुक्त, हाम्री छोरी प्यारी छोरी, सामदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रबृत्ति, आमा बुवासँग उपमेयर, सांस्कृतिक प्रवद्र्धन, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको    छ ।

नगरसभाबाट २ विधेयक र विभिन्न ४ वटा समिति गठन

नगरसभामा पेश भएको विनियोजन विधेयक २०७९, आर्थिक विधेयक २०७९ समेत पारित भएको छ । नगरसभाले विभिन्न ४ वटा समिति गठन गरेको छ । नगरसभाले न्यायीक समिति, विधायन समिति, सुशासन समिति, लेखा समिति गठन गरेको हो । नगर उपप्रमुख संयोजक रहेको न्यायिक समिति सदस्यमा टंक ओली कार्की र बलविर चौधरी चयन हुनुभएको छ ।
विधायन समितिको संयोजकमा प्रेमलाल चौधरी चयन हुनुभएको छ । विधायन समिति सदस्यमा खम्म ठकुल्ला, निशादेवी चौधरी, जयराम चौधरी, कमला विक चयन हुनुभएको छ । त्यसैगरी लेखा समिति संयोजकमा संगिता विक ओड चयन हुनुभएको छ । सदस्यमा राजकुमार चौधरी, पूर्णबहादुर नायक, तुल्सा विक, पिरिमकला चौधरी चयन हुनुभएको छ ।
त्यस्तै, सुसाशन समितिको संयोजकमा गणेश पहराइ चयन हुनुभएको छ । सदस्यमा नरेश विक, राजुप्रसाद चौधरी, भारती विक, देबेन्द्र चौधरी चयन हुनुभएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्षको १ अर्ब १ करोड ६८ लाख बजेट रहेकोमा अहिलेसम्म पूजिगत तर्फ १८ करोड ७८ (सतासी) लाख ७३ हजार चालु तर्फ ३८ हरोड ७४ लाख ५४ हजार गरी जम्मा ५७ करोड ५४ लाख २८ हजार खर्च भएको       छ ।
नगर प्रमुख रामलाल डगौरा थारुको अध्यक्षतामा भएको सभामा नगरप्रमुखले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम समेत पारित भएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकासतर्फ टीकापुर नगरपालिकालाई कृषि पर्यटनका रुपमा विकास गरिने, एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरिने, बाली नोक्सानी नियन्त्रण तथा कृषि बाली बिमालाई विशेष जोड दिइने, नगर प्रमुख कृषि उद्यम विकास कार्यक्रम सञ्चालन गरिने, किसानको लागि मल, बिउ तथा ढुवानीमा अनुदान प्रदान गरिने उल्लेख छ ।


त्यसैगरी सामुदायिक पशुको संरक्षण, बहुउपयोग तथा बायोग्याँस उत्पादन गरिने, साझेदारीको माध्यमबाट सामुदायिक तथा अनुत्पादक पशुको नियन्त्रण र पशु पकेट क्षेत्रको विकास गरिने, औद्योगिक इ प्रोफाइल तयार गरिने, लघु\साना र मझौला उद्योग स्थापना र विस्तारका लागि साझेदारीमा कार्यक्रम सञ्चालन गरिने, लगानी सम्मेलन मार्फत् बाह्य पुँजी भित्र्याउन पहल गरिने, कर्णाली नदी जल यातायात पर्यटन थप विस्तार प्रभावकारी गरिने, टीकापुर पार्कको पर्यटकीय पूर्वाधारको विकास विस्तारमा निजी तथा साझेदारितामा व्यवस्थापन गरिने, चिसापानी टीकापुर पर्यटकीय करिडोरको साझा विकास गरिने, नगर पालिकालाई हेरिटेज सिटीको रुपमा विकास गरिने, उप मेयर टीकापुर नमूना श्रम सहकारी विकास गरिने र हाम्रो सहकारीः राम्रो सहकारी कार्यक्रम मार्फत् उद्यममा आधारित नमूना सहकारी स्थापना मा जोड गरिने, बेरोजगारी लगत संकलनलाई सुदृढ गरिने, इन्नोभेसन एण्ड इन्टरप्रिनियरसीप सेन्टर स्थापना गरी सेन्टर फर एक्सिलेन्स का रुपमा विकास गरिने उल्लेख छ ।
सामाजिक विकासतर्फ प्रविधि मैत्री अध्ययन अध्यापनमा निरन्तर जोड गरिने, आध्यात्मिक र नैतिक शिक्षामा जोड
दिइने, विद्यालय तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गरिने, हाम्रो टीकापुर पाठ्यक्रमको थप कक्षामा विस्तार गरिने, STEAM -Science, Technology, Engineering, Arts, Maths) कार्यक्रम सञ्चालन तथा प्रभावकारितामा जोड गरिने, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा प्रदायक नगरपालिका घोषणा गरिने उल्लेख छ ।
नगर प्रमुख थारुले नीति कार्यक्रम प्रस्तुतु गर्दै आवश्यकता का आधारमा थप विद्यालय स्थापना,स्तरोन्नति तथा एसटीआरको आधारमा शिक्षक दरबन्दी मिलान गरिने, वार्षिक रुपमा नतिजाका आधारमा सबैभन्दा उत्कृष्ठ सामुदायिक विद्यालय घोषणा सहित सम्मान गरी सो विद्यालयको प्र।अ।लाई वैदेशिक भ्रमणको व्यवस्था गरिने, क्षयरोग मुक्त नगरपालिका घोषणा गरिने, शहरी खानेपानी को व्यवस्थित विस्तार गरिने, नगर खानेपानी सेवाको विस्तार र सुनिश्चितता गरिने, नगरलाई एक घरः एक धाराको नीति अबलम्बन गरी वडा नं। १ लाई नमूना वडाको रुपमा विकास गरिने र खेलकुद पूर्वाधारको निरन्तर विकास गरिने उल्लेख गरिएको छ ।
त्यसैगरी पूर्वाधार विकासतर्फ सबै वडा जोड्ने सडकको स्तरोन्नतिको निरन्तरता प्रदान गरिने, वातावरण मैत्री सडकको विकास गरिने, शहर तथा बजार उन्मुख क्षेत्रमा नमूना शाखा सडकको विस्तार गरिने, नगर यातायात गुरुयोजना निर्माण गरिने, कर्णाली नदीको आवश्यक ठाउँमा पुल निर्माणको लागि पहल गरिने, घर नक्सा ई पासको थालनी गरिने, छिमेकी मुलुकको नजिकको कुनै नगरसँग भगिनी सम्बन्ध स्थापना गरिने उल्लेख छ ।
नीति कार्यक्रममा उज्यालो टीकापुर नगरपालिका घोषणा गरिने, नगर र वडा सीमा जिआईएस आधारमा अद्यावधिक गरिने, भू उपयोग नीति तथा ऐनको प्रभावकारी कार्यान्वयन गरिने, पूर्वाधार अभिलेख बैंक र पूर्वाधार एम्बुलेन्स तथा ल्याबको स्थापना गरिने, ऐलानी तथा बाझो जमिन को बहुपयोगमा जोड गरिने उल्लेख छ ।
वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ टीकापुर नगरपालिकालाई ओपन ग्रिन गार्डेन सिटीको रुपमा विकास गरिने, विपद व्यवस्थापन पोर्टलको अद्यावधिक गरिने, ल्याण्डफिल्ड साइटको निर्माणमा आवश्यक पहल गरिने, फोहोरको वर्गीकरण ९घर तथा केन्द्रमा० गरी उचित विधि बाट बिर्सजन गर्न अत्याधुनिक इन्सिनरेटरको व्यवस्था गरिने, पहिलो चरणमा टीकापुर पार्क लाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गर्न विविध कार्यक्रम संचालन गरिने उल्लेख छ ।
संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ सूचना प्रविधि हबको रुपमा विकास गरिने, नगरपालिकाको ओपन डाटा पोर्टल लाई निरन्तरता थप सबलता दिइने, बेरुजु शुन्य नगरपालिका को लागि जोड दिइने, सबै किसिमका सार्वजनिक उत्तरदायित्व तथा जवाफदेहिताका औजारको प्रयोग गरिने, कल सेन्टर स्थापना गरी क्वीक रेस्पोन्स टिममार्फत् गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाइने, एकीकृत तथ्यांक को प्रकाशन गरिने, टीकापुर नगरपालिका डाटा एप्सको विकास र निरन्तरता प्रदान गरिने,बेरोजगारी तथ्यांकलाई व्यवस्थित गरिने, नगर पाश्श्र चित्र थप स्तरोन्नति, प्रकाशन तथा डिजिटलाइज्ड गरिने, साझेदारितामा नगर गुरु योजना निर्माण गरिने र नमूना बजारको विकास गरी स्वच्छ बजार घोषणा गरिने उल्लेख छ ।