टीकापुर, २९ साउन/नेपाल रेडक्रस सोसाईटी टीकापुरको २९ औं साधारण सभा शुरु भएको छ । साधारण सभामा बोल्दै रेडक्रस कैलालीका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि उत्तम जोशीले पछिल्लो ७ वर्षयता केन्द्रीय रेडक्रस गिजोलिएको, त्यसमा आफ्नो पनि भुमिका रहेको बताउनुभयो ।
जोशीले शाखा,उपशाखा राम्रो काम गरिरहेका छन्, केन्द्रले राम्रो गर्न नसकेकोले समस्या भएको, अहिले रेडक्रस आफुले सामान समेत किन्न नपाएको बताउनुभयो ।
रेडक्रस कैलालीका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि उत्तम जोशीले टीकापुरमा रेडक्रस स्थापना भएको समय स्मरण गर्दै विगतमा रेडक्रसमा धेरै आकर्षण रहेको बताउनुभयो । निकै मेहनत गरेर संस्था जोगाएको बताउनु भयो ।
रेडक्रसका देशभरि १६ सय २२ उपशाखा छन् । देशभरका उपशाखामा रक्त सञ्चार सेवा शुरु गर्ने पहिलो शाखा टीकापुर रहेको बताउनुभयो ।
जिल्ला उपसभापति दिपा बडायकले रेडक्रस टीकापुर उपशाखाले राम्रो काम गरेको बताउँदै जिल्लामै १ नं. मा पर्ने उपशाखा लाई माया गर्ने मानिस नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।

जोशीले अहिले नेपालमा रगत सकलनमा समेत समस्या भइरहेको बताउनुभयो । युवाको रगत मात्र दिन मिल्ने, अलि उमेर ढल्केका मानिसहरु अधिकाँश विभिन्न खाले रोगले संक्रमित भएकाले उनीहरुको रगत लिन नमिल्ने हुँदा रगत संकलनमा समस्या भोगिहरनु परेको बताउनु भयो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै टीकापुर उपशाखाका पूर्व सभापति जगदिश्वर पण्डितले टीकापुर उपशाखासँग विपदका सामान भण्डारणका लागि गोदाम रहेको, विपद अध्ययन केन्द्रका रुपमा अघि बढिरहेको बताउनु भयो । उहाँले आयआर्जनका हिसावले पनि टिकापुर शाखा बलियो रहेको जानकारी दिनुभयो । टीकापुर उपशाखाले बार्षिक २ हजार ९ सय पिन्ट रगत उपलब्ध गराएको जानकारी दिनुभयो । रक्तसञ्चार केन्द्र व्यवस्थित बनाउन प्रदेश सरकारले यसपटक ४० लाख रकम छुट्टयाइएकाले अब थप सहज हुने बताउनुभयो ।
रेडक्रसको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गर्नेछ । टीकापुर उपशाखामा १ हजार ५६ आजीवन सदस्य छन् । कार्यक्रममा बलिया उप शाखा प्रमुख विनोद आचार्य, पुर्व सभापति नृपबहादुर खड्का, आजिवन सदस्य परमानन्द पाण्डे लगायतले बोल्नुभएको थियोे । उपसभापति मिना कुँवरले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन सचिव धर्मराज शर्माले गर्नुभएको थियो ।
दत्तबहादर विष्टको अध्यक्षता मा भएको कार्यक्रममा कोरम नपुगेकाले अर्को साधारण सभाको मिति भाद्र १३ गतेका लागि तोकिएको छ । साधारण सभाले संस्थाको नयाँ नेतृत्व चयन गर्नेछ ।